चन्द समूहका भेरी-कर्णाली संयोजकसहित तीन जना पक्राउ

कैलाली। नेत्रविक्रम चन्द समूहनिकट अखिल क्रान्तिकारीका भेरी-कर्णाली क्षेत्रीय संयोजकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका-१८ सुदूरपश्चिमाञ्चल विश्व विद्यालय नजिकैबाट भेरी-कर्णाली संयोजक बिरेन्द्र लोहार, कञ्चनपुर जिल्ला सदस्यद्वय भरत लोहार र अर्जुन विकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले पक्राउ परेकाहरूबाट विभिन्न कागजात समेत बरामद भएको बताए।

उनका अनुसार थप अनुसन्धानका लागि प्रहरीलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सात दिनको म्याद थप भएको छ।

प्रतिक्रिया दिनुहोस्