करेन्ट लागेर मजदुरको मृत्यु <p>कैलाली। कैलालीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।</p> <p>धनगढी उपमहानगरपालिका&ndash;१५ बसन्त टोलमा घर निर्माण गरिरहेका सोही ठाउँका २२ वर्षीय बिछोड चौधरीको सरिया तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।</p> <p>प्रहरीका अुनसार करेन्ट लागेका चौधरीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्