काठमाडौं। बालिकालाई बलात्कार गरेको आरोप लागेका अर्जुन श्रेष्ठलाई कारबाही माग गर्दै महिलाहरूले जिल्ला प्रहरी कार्यालय कपिलवस्तु अगाडि विरोध प्रदर्शन गरेका छन्।
कपिलवस्तु नगरपालिका-१, नयाँ टोलमा पान मसला सुर्ति तथा गुट्खा उद्योगका सञ्चालन श्रेष्ठले आफ्नै पसलमा काम गर्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै कारबाही माग गर्दै महिलाहरूले प्रदर्शन गरेका हुन्।
गएको १७ माघमा श्रेष्ठले आफ्नै उद्योगमा कार्यरत ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। घटना भएको १५ दिन हुँदासम्म आरोपी श्रेष्ठलाई प्रहरीले पक्राउ नगरेको भन्दै महिलाहरूले प्रहरी कार्यालय अगाडि नाराबाजी समेत गरेका छन्।
विरोध प्रदर्शनमा सहभागी बालिकाकी आमाले आफ्नो छोरीलाई बन्धक बनाएर बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको भन्दै आक्रोश पोखिन्।
“बुवाजस्तो ५०/६० वर्ष उमेरको व्यापारीले छोरीलाई बलात्कार गरेर फरार भएको छ”, उनले भनिन्, “अहिले आफू बच्न अनेका हत्कन्डा प्रयोग गरिरहेको छ। उसलाई तुरुन्त समातेर कारबाही गरियोस्।”
जबरजस्ती करणीबाट पीडित बनेकी आफ्नी छोरीमाथि भएको घटनालाई बङ्गयाउने गरि केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको बालिकाकी आमाको गुनासो छ।

जघन्य अपराधमा संलग्न आरोपी श्रेष्ठलाई प्रहरी प्रशासनले समयमै नियन्त्रणमा लिन नसकेको भन्दै महिला अगुवा सविता श्रेष्ठले आक्रोश पोखिन्।
“पीडकउपर किटानी जाहेरी र उसले प्रयोग गर्ने सवारी साधनको विवरण पाउँदा समेत समयमै नियन्त्रणमा लिन नसक्नु गम्भीर विषय हो”, उनले भनिन्,, “आज एउटा अपराध गर्नेले प्रश्रय पायो भने हामी बसैका बालिका सुरक्षित हुँदैनन्। त्यसैले समाजमा यस्ता घटनाले प्रश्रय नपाउन् भनेर स्वतहःफूर्त रूपमा दबावमुलक कार्यक्रम गर्न थालेका हौं।”
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक लालबहादुर बिकले बालिका बलात्कार जस्तो जघन्य अपराधको घटनाको जाहेरीका आधारमा आरोपी श्रेष्ठउपर पक्राउ पूर्जी जारी भइसकेको जानकारी दिए।
आरोपी श्रेष्ठ फरार रहेकाले उनलाई नियन्त्रणमा लिन प्रहरीले आवश्यक सूचना सम्प्रेषण गरेको बताए। उनलाई पक्राउ गरी अनुसन्धानको दायरमा ल्याइने इन्स्पेक्टर बिकले बताए।
पढ्नुहोस्
ज्यान लिने धम्की दिएर १५ वर्षीया बालिकामाथि चार महीनादेखि लगातार यौन शोषण
कपिलवस्तुमा बालिकालाई बन्धक बनाएर बलात्कार, पक्राउ पुर्जी जारी भएपछि आरोपी फरार
" /> काठमाडौं। बालिकालाई बलात्कार गरेको आरोप लागेका अर्जुन श्रेष्ठलाई कारबाही माग गर्दै महिलाहरूले जिल्ला प्रहरी कार्यालय कपिलवस्तु अगाडि विरोध प्रदर्शन गरेका छन्।कपिलवस्तु नगरपालिका-१, नयाँ टोलमा पान मसला सुर्ति तथा गुट्खा उद्योगका सञ्चालन श्रेष्ठले आफ्नै पसलमा काम गर्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै कारबाही माग गर्दै महिलाहरूले प्रदर्शन गरेका हुन्।

">