काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले नेदरल्यान्ड्सको क्लब आयाक्सका विंगर हाकिम जियाचलाई अनुबन्ध गरेको छ।
चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले २६ वर्षे जियाचलाई ‘जनवरी ट्रान्सफर विन्डो’मै भित्र्याउन चाहेका थिए। तर, नेदरल्यान्ड्सको शीर्ष लिगको उपाधि उचाल्ने लक्ष्यमा रहेको आयाक्सले मोरोक्कोका जियाचलाई बेच्न चाहेन।
आयाक्सले चेल्सीले गरेको तीन करोड ३३ लाख पाउण्डको प्रस्तावलाई आज स्वीकार गरेको छ। जुन बढेर तीन करोड ६६ लाख पाउण्डसम्म पुग्नसक्नेछ। चेल्सीको खेलाडी अनुबन्धको प्रतिबन्ध खुलेपछि लामपार्डले अनुबन्ध गरेको जियाच पहिलो खेलाडी हुन्।
‘जनवरी ट्रान्सफर विन्डो’मा चेल्सीले धेरै खेलाडीसँग जोडिएको थियो। जसमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड इडिसन काभानी, नापोलीका स्ट्राइकर द्रेइस मार्टेन्स पनि थिए।
जियाचले २०१३/१४ को सिजन ३३ लिग खेलमा नौं गोल गरेका थिए भने नौं गोलमा अवसर सिर्जना गरेका थिए।
गत नोभेम्बरमा सम्पन्न च्याम्पियन्स लिगको समूह चरणमा चेल्सीविरुद्ध आयाक्सले ४–४ को बराबरी खेल्दा जियाच तीन गोलमा संलग्न थिए। २९ माघमा आयाक्सले भिटेसलाई ३-० ले हराउँदा पिडौंलाको चोटमुक्त भएर फर्किएका जियाचले अन्तिम दश मिनेट खेलेका थिए।
जियाचले नेदरल्यान्ड्सको हिरेनभीनबाट सिनियर करीअर शुरूआत गरेका थिए। उनले २०१२ मा युरोपा लिग छनोट चरणको खेलमा डेब्यू गरेका थिए। उनले २०१३/१४ को सिजन ३३ लिग खेलमा नौं गोल गरेका थिए भने नौं गोलमा अवसर सिर्जना गरेका थिए। उनले पहिलो सिजन ११ गोल गरेका थिए भने १६ गोलमा अवसर सिर्जना गरिदिएका थिए। २०१५/१६ सिजन १७ गोल गरे।
जियाच २०१६ मा आयक्ससँग अनुबन्ध भएका थिए। उक्त सिजन युरोपा लिगको फाइनल खेलेको थियो। उक्त सिजन उनले १० गोल र १५ गोलमा अवसर सिर्जना गरिदिएका थिए।
२०१८ मा रूसमा सम्पन्न विश्वकपमा मोरोक्कोबाट खेल्दा जियाचको प्रतिभाले विश्वभर चर्चा पाएको थियो।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले नेदरल्यान्ड्सको क्लब आयाक्सका विंगर हाकिम जियाचलाई अनुबन्ध गरेको छ।चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले २६ वर्षे जियाचलाई ‘जनवरी ट्रान्सफर विन्डो’मै भित्र्याउन चाहेका थिए। तर, नेदरल्यान्ड्सको शीर्ष लिगको उपाधि उचाल्ने लक्ष्यमा रहेको आयाक्सले मोरोक्कोका जियाचलाई बेच्न चाहेन।

">