काठमाडौं। प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान जाने गरी धनुषाको महेन्द्रनगरमा भएको बम बिष्फोटको घटनाका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेत्रविक्रम चन्द समूहका प्रदेश २ ब्यूरो सदस्य इन्दलप्रसाद साह रहेका छन्। उनलाई सप्तरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पुष्टि गरे।
उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरमा चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो। साह बम बिष्फोटका योजनाकार रहेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा लगाइएको छ। उक्त बिष्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरिसकेको छ।
" /> काठमाडौं। प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान जाने गरी धनुषाको महेन्द्रनगरमा भएको बम बिष्फोटको घटनाका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

">