बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
<p>कैलाली। कञ्चनपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।</p>
<p>आज बिहान मोटरसाइकल र बस ठोकिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो।</p>
<p>कञ्चनपुरको बेलौरीबाट बुटवलतर्फ छुटेको लु१ख ८७१९ नम्बरको बस र विपरीत दिसातर्फबाट छुटेको म१प १७६४ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक लालझाडी गाउँपालिका–६ का ४५ वर्षीय पदम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।</p>
<p>जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक, रविन्द्र पौडेलले बस र चालक लक्ष्मण सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्
