नेत्रविक्रम चन्द समूहका विद्यार्थी संगठन प्रमुख पक्राउ
काठमाडाैं। प्रहरीले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षलाई पक्राउ गरेको छ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई काठमाडौंको असनबाट महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोलीले पक्राउ गरेको अपराध महाशाखाका प्रवक्ता, एसपी मुकेश सिंहले जानकारी दिए।

उनी यसअघि पनि पक्राउ परेर रिहा भएका थिए। उनीसहित अन्य तीनजनालाई पनि पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन।

एसपी सिंहका अनुसार पक्राउ परेका ढकालसहितका व्यक्तिहरूलाई परिसरको हिरासतमा राखिएको छ।

सरकारले प्रतिबन्ध लगाएको चन्द समूहका कार्यकर्तामाथि प्रहरीले विभिन्न मुद्दा चलाउँदै आएको छ। पक्राउ परेकाहरूमाथि परिसरले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्