शहीद स्मारक ए डिभिजन लिगः एपीएफ र ब्रीगेड ब्वाइज बराबरीमा
काठमाडौं। बिजय गुरूङले इञ्जुरी समयमा गरेको गोलमा ब्रीगेड ब्वाइजले आज सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग १÷१ को बराबरी खेलेको छ।

एपीएफले ४४औं मिनेटमा आशिष लामाको गोलबाट अग्रता लिएको थियो। आशिषले नवीन लामाले गरेको क्रसमा हेडमार्फत् गोल गरेका थिए। जारी लिगमा आशिषको यो नवौं गोल हो। जुन लिगमा सबभन्दा धेरै गोल हो। दोस्रो स्थानमा च्यासल युथका सन्तोष साहुखल छन। सन्तोषको ७ गोल छ।

अन्तिम मिनेट सम्हालिन नसक्दा एपीएफले बिजयी नतिजासहित लिगको अन्त्य गर्ने मौका गुमायो। इन्जुरी समयमा बिजयले बराबरी गोल गरेका थिए।

बराबरीपछी  एपीएफ १२औं स्थानमा यथावत छ। एपीएफले १३ खेलबाट नौ अंक जोडेको छ। एपीएफले दुई जित, दुई बराबरी र नौ खेलमा पराजयको नतिजा निकालेको छ।

ब्रीगेड ब्वाइज क्लब पनि १३ औं स्थानमा यथावत छ। ब्रीगेड ब्वाइजको पनि समान नौ अंक छ। अंक बराबरी भएपनि गोलअन्तरमा  ब्रीगेड ब्वाइज १३औं स्थानमा रहेको हो। ब्रीगेड ब्वाइजको दुई जित, दुई बराबरी तथा नौ खेलमा पराजयको नजिता निकालेको छ।

आजै अन्तिम खेलमा संकटा क्लबले रेलिगेशनमा परेको सरस्वती युथसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्