बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी

दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुर जिल्ला प्रशासनले दियो प्रहरीलाई अनुमति

" /> बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी

दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुर जिल्ला प्रशासनले दियो प्रहरीलाई अनुमति

"> दुर्गा प्रसार्ईंलाई भक्तपुर जिल्ला प्रशासनले तारेखमा छाड्यो: Dekhapadhi
दुर्गा प्रसार्ईंलाई भक्तपुर जिल्ला प्रशासनले तारेखमा छाड्यो
काठमाडाैं। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका विवादास्पद अस्पताल सञ्चालक दुर्गा प्रसाईं आज बिहान भक्तपुर जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन्। उनलाई बयान लिएर तारेखमा छाडिएको सहायक प्रमुअ जिल्ला अधिकारी तथा सूचना अधिकारी दिलिपप्रसाद लामिछानेले बताए।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए। प्रसाईंले पत्रकार सम्मेलन गरी डा। गिरीले आफूसँग २० करोड रूपैयाँ घुस मागेको आरोप लगाएका थिए।

गिरीको उजुरीपछि प्रहरीले ‘अभद्र व्यवहार’मा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गर्न भक्तपुर जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेको थियो। पक्राउ पुर्जी जारी गर्न प्रशासनले प्रहरीलाई अनुमति दिएलगत्तै प्रसाईं फरार भएका थिए।

झापाको बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई उनलाई लागेको अभियोगमा बयानका लागि बोलाइएकोमा आज हाजिर हुन आएका सहायक प्रजिअ लामिछानेले बताए। “बयान लिएपछि उहाँलाई तारेखमा छाडेका छौं,” लामिछानेले देखापढीसँग भने, “उहाँमाथि लागेको अभियोग र बयानबारे थप अनुसन्धानपछि फैसला हुन्छ।”

पढ्नुहाेस्

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी

दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुर जिल्ला प्रशासनले दियो प्रहरीलाई अनुमति

प्रतिक्रिया दिनुहोस्