भोजपुरमा पिङ खेल्‍ने क्रममा नौ वर्षीया बालिकाको मृत्यु <p>भोजपुर। टेम्केमैयुङ गाउँपालिका-७ कोटमा पिङ खेल्ने क्रममा ९ वर्षीया बालिकाको मृत्यु भएको छ।</p> <p>तन्&zwj;नाको पिङ बनाएर खेल्ने क्रममा घाँटीमा तन्&zwj;ना बेरिएर स्थानीय भाइराज राईकी ९ वर्षीया छोरी निशानाको मृत्यु भएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले <em>देखापढी</em>लाई बताए।</p> <p>२९ माघमा भएको सो घटनामा मृत्यु भएकी ती बालिकाको शव पोष्टमार्टमको लागि भोजपुर अस्पताल ल्याइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्