ट्राफिक नियम जानकारी दिन सारङ्गी टोली परिचालन
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिन सारङ्गी टोली परिचालन गरेको छ।

पैदल यात्रुमा ट्राफिक नियमको जानकारी नहुने र जथाभावि बाटो काटने, जेब्राक्रसिङको प्रयोग नगर्ने र ट्राफिक लाइटको जानकारी नराख्ने समस्या रहेको भन्दै सांगीतिक टोलीमार्फत् सचेतना फैलाउने प्रयास गरेको हो।

आज बानेश्वरस्थित संसद भवन अगाडि ट्राफिक प्रहरीले सारङ्गी टोली परिचालन गरी ट्राफिक गीत गाएर ट्राफिक नियम सम्बन्धी जानकारी गराएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले पैदल यात्रीहरूले ट्राफिक नियमको जानकारी नराख्ने र जथाभावी बाटो काटने गरेकाले सांगीतिक अभियानमार्फत् ट्राफिक नियमको जानकारी गराइएको बताए।

उनले सडकको जेब्राक्रसिङमा समेत ट्राफिक लाइट शुरू भइसकेको र पैदल यात्रुले त्यसको पालना नगरेपछि ट्राफिक नियमको जानकारी दिन नयाँ उपाय अपनाएको उल्लेख गरे।

उनले ट्राफिक प्रहरी आफैंले पनि जानकारी गराउने र सांगीतिक तरिकाले सारङ्गी टोली परिचालन गरी ट्राफिक गीत गाएर पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको बताए।

महाशाखा प्रमुख ढकालले पैदल यात्रुको चाप बढी हुने काठमाडौंका मुख्य–मुख्य स्थानमा सांगीतिक अभियानमार्फत ट्राफिक नियमको जानकारी गराउने बताए।

प्रतिक्रिया दिनुहोस्