डाेटीमा हुने महोत्सवमा मुख्यमन्त्री भट्टलाई नबाेलाउन माग
<p>डाेटी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई महोत्सवको उद्घाटनमा नबोलाउन का‌ंग्रेसनिकटका संघ/संगठनले आग्रह गरेका छन्।</p>
<p>डोटी चेम्बर अफ कमर्शको आयोजनामा १ फागुनबाट दिपायलमा शुरू हुने ‘प्रादेशिक महोत्सव’ को उद्घाटन मुख्यमन्त्री भट्टले गर्ने कार्यक्रम छ।</p>
<p>दिपायल राजधानीविरुद्ध मतदान गर्ने मुख्यमन्त्री भट्टलाई उक्त महोत्सवमा नबाेलाउन नेपाली कांग्रेस निकट पाँचवटा संगठनहरू नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल आदिवासी जनजाती संघले आग्रह गरेका हुन्।</p>
<p>संगठनका जिल्ला अध्यक्षहरूले एक संयूक्त विज्ञप्ति निकाल्दै डोटेली माटोलाई नै अपमानित हुने गरी गद्दारी गर्ने पात्रलाई प्रमुख अतिथिका रूपमा ल्याएर उभ्याउँदा महोत्सवप्रतिको आमबुझाइ सकारात्मक हुन नसक्ने उल्लेख गरेका छन्। मुख्यमन्त्रीलाई उद्घाटनमा बाेलाएमा आन्दाेलनसमेत गर्ने उनीहरूले चेतावनी दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
