काठमाडौं। ११औं राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ।
२२ माघबाट काठमाडौंको रसियन कल्चर सेन्टरमा शुरू भएको महोत्सवमा १७ वटा प्रतियोगी नाटक मञ्चन गरिएको थियो।
महोत्सवबाट सफल बस्नेत र नुमा लिम्बु उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन्। उनीहरू दुवैले जनही १० हजार रूपैयाँ नगद पुरस्कार पाएका छन्।
स्वर्गीय रेश्मीप्रसाद सापकोटा उत्कृष्ट अभिनेता पुरस्कार रिलायन्स पब्लिक स्कुलका बस्नेतले जितेका हुन् भने शैली थिएटर उत्कृष्ट अभिनेत्रीको पुरस्कार क्रियटिभ एकेडेमी कीर्तिपुरकी लिम्बुले जितेकी हुन्।
त्यस्तै आभा शर्मा नेपाल स्वर्गीय चित्रबहादुर बुढाथोकी उत्कृष्ट निर्देशक बनेका छन्। उनले नगद सात हजार रूपैयाँ पुरस्कार पाए। मनोज तामाङको लेखन तथा निर्देशन रहेको नाटक ‘एक १’ले अन्तोन चेकोभ उत्कृष्ट नाटक पुरस्कार जितेको छ। उक्त नाटकले नगद ७ हजार रूपैयाँ पुरस्कार पायो।
काठमाडौं बोर्ड स्कुलका युरोजजंग थापाले बालकोशेली प्रोत्साहन पुरस्कार जिते। उनले नगद पाँच हजार रूपैयाँ पुरस्कार पाएका छन्। नगद पाँच हजार रूपैयाँसहित अनुप्रास पाण्डेले स्वर्गीय रामकेशर बोगटी पब्लिक च्वाइस अवार्ड जितेका छन्।

झण्डै ४०० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको महोत्सवमा शैली थिएटरकै आफ्नै अप्रतियोगी नाटक मञ्चन गरिएको थियो।
शैली थिएटरको नाटक ‘सुनौलो माछा’ मञ्चन गरिएको थियो। त्यस्तै राराहिल मेमोरियल स्कुलको ‘करेशा कन्सर्ट’, जेनुइन स्कुलको ‘निष्कासन’, रिम्स स्कुलको ‘झगडा’, क्रियटिभ एकेडेमीको ‘अनमाया’, प्रज्ञा सदन स्कुलको ‘डर’ र विनायक स्कुलको ‘काडाँ कि फूल’ लगायतका प्रतियोगी नाटक मञ्चन गरिएको थियो।
यस्तै, दीपज्योति सेकेन्डरी स्कुलको ‘बिग्रेको बिर्खे’, रिलायन्स स्कुलको ‘ड्रग्स एबुयज’, साम्तेन मेमोरियल स्कुलको ‘गरीबको मृगतृष्णा’, बोल्र्ड स्कुलको ‘कति पढिस ?’, बृहस्पति बिद्या सदनको ‘एक १’, लिभरपुल स्कुलको ‘टीका’, तारा सदन स्कुलको ‘वृन्दा’ गोल्डन सुनगाभा स्कुलको ‘ड्याडी भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’ र एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नु पर्छ’ मञ्चन गरिएको थियो।
महोत्सवमा बालबालिका र नाटक सम्बन्धी छलफल, साहित्यिक कार्यक्रम र खुला नाटक मन्चन गरिएको महोत्सव संयोजक सुवाष सुवेदीले जानकारी दिए। महोत्सवमा वरिष्ठ निर्देशक एवम् कलाकार देशभक्त खनाल, नाट्यकर्मी सरस्वती चौधरी, र पत्रकार एवम् समीक्षक सुशील पौडेलले नाटकको मूल्याकंन गरेका थिए।
" /> काठमाडौं। ११औं राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ।२२ माघबाट काठमाडौंको रसियन कल्चर सेन्टरमा शुरू भएको महोत्सवमा १७ वटा प्रतियोगी नाटक मञ्चन गरिएको थियो।

">