सल्यानमा सेनाको गाडी दुर्घटना, जमदारको मृत्यु

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका-३, चोरखोलामा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मेजरसहित ६ जना घाइते भएका छन्।

सपूत गुल्मबाट बुटवल जाँदै गरेको लु १ ग १२३ नम्बरको गाडी सडकबाट ३०० मिटर तल खसेको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक डीबी मल्लले जानकारी दिए।

“अहिले उद्धारको काम भइरहेको छ”, उनले देखापढीसँग भने,“एकजनाको घटनास्थलमै शव भेटिएको छ। ”

गाडीमा नेपाली सेनाका मेजर ईश्वर सिलवालसहित सातजना थिए। तीमध्ये जमदार यादवप्रसाद धरेलको मृत्यु भएको छ।

घाइते चारजनालाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ।

दुईजना हराइरहेका छन्। घाइतेको अवस्था गम्भीर रहेको सई मल्लले जानकारी दिए।

गाडीमा हतियार र बम रहेकाले उद्धारमा केही समस्या भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्