दाङ। दाङको लमही नगरपालिका-२ मा सानो घर छ, ५० वर्षीय जानकी चौधरीको। तर, आफ्नै जग्गाजमिन छैन। वर्षौंदेखि अरूको जग्गा अधिया गरेर उनले परिवारको गुजारा चलाउँदै आएका छन्।
श्रीमती पार्वती बिरामी भइरहन्छिन्। उनलाई टाउको दुखिरहने समस्या छ। शरीर कमजोर छ।
जेठी छोरीको बिहे भइसकेको छ। विजय उनीहरूका जेठो छोरा।
आठ वर्ष अघि छिमेकीको सहयोगमा जानकीले विजयलाई कामका लागि काठमाडौं पठाएका थिए।
ललितपुरको सानेपास्थित (हाल सेवानिवृत्त सचिव) अर्जुन कार्कीको घरमा १५ वर्षकै उमेरमा उनले विजयलाई काम गर्न राखिदिएका थिए। यो आठ वर्षमा विजय तीनपटक मात्र दाङस्थित घर पुगेका थिए।
एक साताअघि मात्र विजयले बुबा जानकीलाई फोन गरेर ‘साहुनीले पाँच लिटर तोरीको तेल र मुसुरोको दाल मगाउन भन्नुभएको छ’ भनेका थिए।
जानकीका लागि त्यही नै छोरासँगको अन्तिम संवाद बन्यो। अब बिहे गरेर परिवारको जिम्मेवारी सम्हाल्ने उमेर पुगेका छोराको शव बोकेर घर फर्किनु पर्ला भन्ने उनले कल्पनासम्म गरेका थिएनन्।
तर, २७ माघको दिन त्यही अकल्पनीय क्षण बनेर आयो। ललितपुरको सानेपास्थित पूर्वसचिव कार्कीको घरमा आठ वर्षदेखि काम गर्दै आइरहेका विजयले कार्कीकी श्रीमती मुनाको हत्यापछि आफैंले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
त्यस दिन बिहान भएको यो घटना जानकीले राति ८ बजे मात्र थाहा पाएका थिए।
“काम गर्ने ठाउँमा सबैथोक राम्रो छ भनेर फोनमा भनिरहन्थ्यो। कसरी यस्तो भयो, मैले पत्याउनै सकिरहेको छैन”, पाटन अस्पतालमा पोष्टमार्टम् गरिसकेको शव एम्बुलेन्समा बोकेर घर फर्किरहेका जानकीले देखापढीसँग भने, “घटनाको सत्य तथ्य के हो प्रहरीले अनुसन्धान गरोस्।”
उनले आजै महानगरीय प्रहरी परिसर ललितपुरमा घटनाको छानबिन गर्न भन्दै जाहेरीसमेत दिएका छन्।
“रोगी श्रीमतीले छोराको मृत्युको खबर सहन सक्दिनँ, आफ्नै गाउँ ठाउँमा दाहसंस्कार गर्न शव बोकेर घर फर्कंदै छु।”
वडा कार्यालयबाट २७ माघ साँझ छोराको मृत्युको खबर पाएपछि जानकी २८ माघ बिहानै मामाको छोरा निमबहादुर चौधरीलाई साथमा लिएर काठमाडौं हानिएका थिए। उनको होस त थियो, तर मन ठेगानमा थिएन। लमहीबाट बस चढेर कतिखेर काठमाडौं आइपुगियो, उनलाई सम्झना नै छैन।
जानकीले छोराको मृत्युबारे अहिलेसम्म श्रीमती पार्वतीलाई जानकारी दिएका छैनन्। “रोगी श्रीमतीले छोराको मृत्युको खबर सहन सक्दिनँ”, भावविह्वल हुँदै उनले भने, “आफ्नै गाउँ ठाउँमा दाहसंस्कार गर्न शव बोकेर घर फर्कंदै छु।”
घरको जिम्मेवारी सम्हाल्ने उमेर भएका छोराको मृत्युले जानकीलाई निकै कमजोर बनाएको छ।
“जेठको महीना विजयका मालिक (पूर्व सचिव अर्जुन कार्की)ले फोन गरेर काम गर्ने अर्को मानिस खोजिदिनु होला, विजयलाई म अरू नै काम दिन्छु भनेका थिए”, जानकीले भने, “छोरो समझदार र बुझ्ने भइसकेको थियो। यस्तो कसरी भयो अहिलेसम्म पत्याउनै सकिरहेको छैन।”
विजयले बेलाबेलामा घरखर्चका लागि केही पैसा पठाइरहन्थे।
जानकीका जेठो छोरा हुन्, विजय। पहिलो सन्तान छोरी हिराको बिहे भइसकेको छ। विजयपछि उनका दुई भाइ छन्।
कार्की परिवारमा विजयले सबैको मन जितेका थिए। २७ माघको घटनापछि पूर्वसचिव कार्कीले पनि भनेका थिए, “सबैसँग राम्रो थियो। कहिले नराम्रो गरेको थिएन। आज कसरी यस्तो हुन पुग्यो?”
प्रहरीको प्रारम्भिक अनुसन्धानले अहिलेसम्म घटनाको कारण फेला पारेको छैन। कार्की परिवारले भने विजयले नै मुनाको हत्या गरेको जाहेरी प्रहरीमा दिइसकेको छ।
" /> दाङ। दाङको लमही नगरपालिका-२ मा सानो घर छ, ५० वर्षीय जानकी चौधरीको। तर, आफ्नै जग्गाजमिन छैन। वर्षौंदेखि अरूको जग्गा अधिया गरेर उनले परिवारको गुजारा चलाउँदै आएका छन्।श्रीमती पार्वती बिरामी भइरहन्छिन्। उनलाई टाउको दुखिरहने समस्या छ। शरीर कमजोर छ।

">