सशस्त्र प्रहरीलाई वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी प्रशिक्षण
काठमाडौं। सशस्त्र प्रहरीलाई वन र वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी प्रशिक्षक प्रशिक्षण दिइएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा तालिम सञ्चालन भएको छ।

तालिमको उद्घाटन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले  राष्ट्रको अमूल्य सम्पत्तिको रूपमा रहेको वन्यजन्तु तथा जैविक विविधताको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण इकाइका संयोजक गोपालप्रकाश भट्टराईले जैविक विविधता र वन्यजन्तुको संरक्षण पर्यावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण हुने बताए। यसको संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहने उनको भनाइ छ।

सशस्त्र प्रहरी बल नेपाल र केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक पाँचजना र सशस्त्र प्रहरी निरीक्षकहरू ३० जनाको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस्