सानेपा मृत्यु प्रकरण : मृतकका परिवारबाट प्रहरीमा जाहेरी
काठमाडौं। पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।

पूर्वसचिव कार्कीले २८ माघमा र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्। सिंहका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ। किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ।

ललितपुरको सानेपास्थित कार्कीको घरमा यही २७ माघ बिहान पूर्वसचिव कार्कीकी श्रीमती मुनाको हत्या भएको थियो। चौधरी डोरीमा झुण्डिएर मृत फेला परेका थिए। आफ्नै घरको भान्सा कोठामा बिहान रक्ताम्य अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो। मुनाको टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको चिकित्सकले बताएका छन्।

महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ। यद्यपि पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताइन्। चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्