काठमाडौं। कञ्चनपुर, नवलपरासी पूर्व र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ।
नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–२ छर्छरेस्थित सडकमा लु ४ त २५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
ट्याक्टर अनियन्त्रित भई सडकबाट करीब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
२८ माघ साँझ भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बुलिङटार गाउँपालिका–३ बस्ने ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलबहादुर सारु, २२ वर्षीय नरबहादुर सुस्लिङ मगर र ५९ वर्षीय यमानसिङ सारु रहेका छन्।
पूर्ण र लिलबहादुरको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। नरबहादुर र यमानको प्राथमिक स्वास्थ्य केन्द्र लिलिङटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ।
यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित सडकमा से १ क ९१६ नम्बरको जेसीबीले २८ माघ साँझ पैदलयात्रीलाई ठक्कर दिँदा भीमदत्त नगरपालिका-९ ब्रहमदेव बस्ने ३५ वर्षीय गणेश बादीको घटनास्थलमै मृत्यु भएको छ।
जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापा, शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित सडकमा मे १ त ४५४४ नम्बरको ट्याक्टरकबाट लडेर गम्भीर घाइते भएका सहचालक मोरङ टाँडी बस्ने २३ वर्षीय मनित लिम्बुको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। कञ्चनपुर, नवलपरासी पूर्व र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ।नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–२ छर्छरेस्थित सडकमा लु ४ त २५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

">