अर्काे वर्षकाे भ्यालेन्टाइनलाई ‘ओह प्रिया’ बुक

काठमाडौं। सूर्य बोहराको निर्देशनमा चलचित्र ‘ओह प्रिया’ निर्माण हुने भएको छ। अर्को वर्षको प्रेम दिवसमा प्रदर्शन गर्ने गरी ‘ओह प्रिया’को घोषणा गरिएको हो।

सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको चलचित्रकाे गीतमा एलिस कार्कीको संगीत रहनेछ।

यसको छायाङ्कन नेपालका साथै वेल्स, स्कटल्याण्ड, लण्डन र क्यानडामा गरिने निर्माण पक्षले जानकारी दिएको छ।

निर्देशक बोहराको यसअघिको चलचित्र ‘हेलो जिन्दगी’को लण्डन र काठमाडौमा भिएफएक्स भइरहेको छ। सो चलचित्र आउँदो दशैं आसपासमा प्रदर्शन गर्ने तयारी छ।

बोहराले यसअघि ‘भैरे’ निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्