काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक दुई दिने भारत भ्रमणमा आउँदै छन्।
यही २४–२५ फेव्रुअरीमा राष्ट्रपति ट्रम्प र उनकी पत्नी मोलानिया भारत आउने भएका हुन्।
राष्ट्रपति ट्रम्प भारत आउनेबित्तिकै एयरपोर्टबाट मोटेरा सरदार पटेल स्टेडियम उद्घाटन गर्ने कार्यक्रम छ। त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँगै हुनेछन्।
स्टेडियम उद्घाटनपछि ट्रम्पले सम्बोधन गर्नेछन्।
दुई दिने भ्रमणका क्रममा ट्रम्पले दिल्ली र अहमदाबादको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।
ट्रम्प र मोदी सँगसँगै गान्धी आश्रमस्थित महात्मा गान्धीको प्रतिमामा पुष्प अपर्ण गर्नेछन्। त्यसपछि ट्रम्प मोदीको ड्रीम प्रोजेक्ट मानिएको साबरमती रिभरफ्रंट पनि पुग्नेछन्। त्यसका लागि अहमदाबाद म्युनिसिपल कर्पोरेशनले तयारी शुरू गरिसकेको छ।
व्हाइट हाउसले १० फेव्रुअरीमा नै ट्रम्प भारत भ्रमणमा जाने घोषणा गरिसकेको छ। ट्रम्पले वासिंगटनमा पत्रकार सम्मेलन गर्दै भारत भ्रमणको तयारी गरेको जनाएका छन्। ट्रम्पले भने, “भारतीय प्रधानमन्त्री मोदी मेरा मित्र हुन्, उनी शानदार व्यक्ति पनि छन्, भारत जानलाई म आतुर छु।” यही साताको अन्त्यमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको पनि उनले जानकारी दिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ट्रम्प र मोदीबीच व्यापार सम्झौतामा हस्ताक्षर हुनसक्नेछ। ट्रम्पले पनि डिल राम्रो भएमा भारतसँग व्यापारीक सम्झौता हुनसक्ने जिकिर गरेका थिए।
एअरपोर्टदेखि स्टेडियमसम्म ५० देखि ७० लाख व्यक्तिले ट्रम्पको स्वागत गर्ने मोदीले जानकारी दिएका छन्। ट्रम्पको यो भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।