काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले अवाञ्छित, ध्वंशात्मक र संविधान विपरीतका गतिविधि गर्नेलाई कानूनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहने बताएका छन्।
आज गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहणपछि बोल्दै ज्ञवालीले नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढ रहेको उल्लेख गरे।
नेपाल प्रहरी जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उनको भनाइ छ।
प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुने उल्लेख गर्दै गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कृष्ट संगठनको रूपमा नेपाल प्रहरीलाई स्थापित गराउन सक्रिय रहने दृढता व्यक्त गरेका छन्।
नेपाल प्रहरीको सांगठनिक सुदृढीकरण र कर्मचारीको वृत्तिविकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायहरूको मार्ग निर्देशन, सद्भाव र सहकार्य रहिरहने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरू, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता थियो।
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले दज्र्यानी चिन्ह ग्रहण पश्चात आज नै कार्यकक्षमा पदबहाली गरेका छन्। उनलाई प्राविधिकतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए।
स्वागत लगत्तै उनले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गरे भने अमर प्रहरी स्मारकमा पुष्पहार चढाइ अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे। सरकारले ज्ञवालीलाई २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।
" /> काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले अवाञ्छित, ध्वंशात्मक र संविधान विपरीतका गतिविधि गर्नेलाई कानूनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहने बताएका छन्।

">