तस्वीरमा अमेरिकामाथिको कीर्तिमानी जित

काठमाडौं। नेपालले आफ्नो सवल पक्ष मानिने बलिङ र फिल्डिङमा शानदार प्रदर्शन गर्दै आज आइसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकामाथि कीर्तिमानी जित रच्यो।

५० ओभरको खेलमा अमेरिकालाई ३५ रनमा रोकेको नेपालले ५.२ ओभरमै जित निकाल्यो। नेपालको जितमा सन्दीप लामिछानेले ६ विकेट र सुशन भारीले चार विकेट लिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको यो सबैभन्दा सानो योगफल हो। यसअघि श्रीलंकाले २००४ अप्रिल २५ मा हरारेमा सम्पन्न खेलमा जिम्बाब्वेलाई ३५ रनमा अलआउट गरेको थियो।

नेपालले ५.२ ओभरमा पूरा गरेको ३६ रनको लक्ष्य पनि एकदिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा चाँडो हो। श्रीलंकाले जिम्बाब्वेविरुद्ध ३६ रनको लक्ष्य पुरा गर्न ९.२ ओभर लगाएको थियो।

सन्दीपले ६ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ६ विकेट तथा सुशनले तीन ओभरमा एक मेडन राख्दै पाँच रन दिएर चार विकेट लिएपछि अमेरिकाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल एक र सुवास खकुरेल शुन्यमा पवेलियन फर्किएका थिए। त्यसपछि पारस खड्काले अविजित २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १५ बनाएपछि नेपालले ५.२ ओभरमा लक्ष्य पुरा गरेको थियो।

कीर्तिपुर मैदानमा रहेका रवि महर्जनले क्यामरामा कैद गरेका नेपाल र अमेरिकाबीचको खेलका केही तस्वीरहरुः

प्रतिक्रिया दिनुहोस्