नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह (भिडिओसहित)

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुर ज्ञवालीले आज प्रहरी प्रमुखको दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्।

ज्ञवालीलाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

ज्ञवालीलाई हिजो, २८ माघ अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

३० बर्षे सेवाअवधिका कारण आइजीपी सर्वेन्द्र खनालले हिजैदेखि अवकाश पाएका थिए।

आइजीपीका रूपमा ज्ञवाली आउँदो २४ असार २०७७ सम्म पदमा बहाल रहनेछन्।

प्रतिक्रिया दिनुहोस्