काठमाडौं। स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीको उत्कृष्ट बलिङप्रेरित नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकामाथि कीर्तिमानी विजय हासिल गरेको छ।

सन्दीपले ६ तथा सुशनले चार विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अमेरिकाले १२ ओभरमा ३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको यो सबैभन्दा सानो योगफल हो।

यसअघि श्रीलंकाले २००४ अप्रिल २५ मा हरारेमा सम्पन्न खेलमा जिम्बाब्वेलाई ३५ रनमा अलआउट गरेको थियो। ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो। जुन एकदिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा चाडो हो। श्रीलंकाले जिम्बाब्वेविरुद्ध ३६ रनको लक्ष्य पुरा गर्न ९.२ ओभर लगाएको थियो।

सन्दीपले ६ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ६ विकेट तथा सुशनले तीन ओभरमा एक मेडन राख्दै पाँच रन दिएर चार विकेट लिएपछि अमेरिकाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अमेरिकाका जाभियर मार्शलले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। चार ब्याट्सम्यानले रन जोड्न सकेनन्। दुई ब्याट्सम्यान एक रनमा आउट भए भने तीन ब्याट्सम्यान चार रनमा पवेलियन फर्किए।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल एक र सुवास खकुरेल शुन्यमा पवेलियन फर्किएका थिए। त्यसपछि पारस खड्काले अविजित २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १५ बनाएपछि नेपालले ५.२ ओभर लक्ष्य पुरा गरेको थियो।

कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालको यो दोस्रो जित हो। यसअघि पनि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। यसअघि नेपाल ओमानविरुद्धको पहिलो खेलमा १८ रन तथा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो। अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो।

पढ्नुहोस्

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले अमेरिकालाई ३५ रनमै रोक्यो

" /> काठमाडौं। स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीको उत्कृष्ट बलिङप्रेरित नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकामाथि कीर्तिमानी विजय हासिल गरेको छ।

सन्दीपले ६ तथा सुशनले चार विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अमेरिकाले १२ ओभरमा ३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको यो सबैभन्दा सानो योगफल हो।

यसअघि श्रीलंकाले २००४ अप्रिल २५ मा हरारेमा सम्पन्न खेलमा जिम्बाब्वेलाई ३५ रनमा अलआउट गरेको थियो। ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो। जुन एकदिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा चाडो हो। श्रीलंकाले जिम्बाब्वेविरुद्ध ३६ रनको लक्ष्य पुरा गर्न ९.२ ओभर लगाएको थियो।

सन्दीपले ६ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ६ विकेट तथा सुशनले तीन ओभरमा एक मेडन राख्दै पाँच रन दिएर चार विकेट लिएपछि अमेरिकाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अमेरिकाका जाभियर मार्शलले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। चार ब्याट्सम्यानले रन जोड्न सकेनन्। दुई ब्याट्सम्यान एक रनमा आउट भए भने तीन ब्याट्सम्यान चार रनमा पवेलियन फर्किए।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल एक र सुवास खकुरेल शुन्यमा पवेलियन फर्किएका थिए। त्यसपछि पारस खड्काले अविजित २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १५ बनाएपछि नेपालले ५.२ ओभर लक्ष्य पुरा गरेको थियो।

कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालको यो दोस्रो जित हो। यसअघि पनि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। यसअघि नेपाल ओमानविरुद्धको पहिलो खेलमा १८ रन तथा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो। अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो।

पढ्नुहोस्

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले अमेरिकालाई ३५ रनमै रोक्यो

"> सन्दीपको ६ विकेटमा अमेरिकामाथि नेपालको कीर्तिमानी जित: Dekhapadhi
सन्दीपको ६ विकेटमा अमेरिकामाथि नेपालको कीर्तिमानी जित
काठमाडौं। स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीको उत्कृष्ट बलिङप्रेरित नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकामाथि कीर्तिमानी विजय हासिल गरेको छ।

सन्दीपले ६ तथा सुशनले चार विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अमेरिकाले १२ ओभरमा ३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको यो सबैभन्दा सानो योगफल हो।

यसअघि श्रीलंकाले २००४ अप्रिल २५ मा हरारेमा सम्पन्न खेलमा जिम्बाब्वेलाई ३५ रनमा अलआउट गरेको थियो। ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो। जुन एकदिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा चाडो हो। श्रीलंकाले जिम्बाब्वेविरुद्ध ३६ रनको लक्ष्य पुरा गर्न ९.२ ओभर लगाएको थियो।

सन्दीपले ६ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ६ विकेट तथा सुशनले तीन ओभरमा एक मेडन राख्दै पाँच रन दिएर चार विकेट लिएपछि अमेरिकाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अमेरिकाका जाभियर मार्शलले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। चार ब्याट्सम्यानले रन जोड्न सकेनन्। दुई ब्याट्सम्यान एक रनमा आउट भए भने तीन ब्याट्सम्यान चार रनमा पवेलियन फर्किए।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल एक र सुवास खकुरेल शुन्यमा पवेलियन फर्किएका थिए। त्यसपछि पारस खड्काले अविजित २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १५ बनाएपछि नेपालले ५.२ ओभर लक्ष्य पुरा गरेको थियो।

कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालको यो दोस्रो जित हो। यसअघि पनि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। यसअघि नेपाल ओमानविरुद्धको पहिलो खेलमा १८ रन तथा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो। अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो।

पढ्नुहोस्

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले अमेरिकालाई ३५ रनमै रोक्यो

प्रतिक्रिया दिनुहोस्