आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले अमेरिकालाई ३५ रनमै रोक्यो
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिएपछि अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको छ। यससँगै नेपालले जितका लागि ३६ रनको लक्ष्य पाएको छ। जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमै सबभन्दा सानो लक्ष्य हो।

यसअघि २००४ अप्रिलमा पनि श्रीलंकाविरुद्ध जिम्बाब्वे पनि ३५ रनमा अलआउट भएको थियो।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए।

सन्दीप लामिछानेले ६ तथा सुशन भारीले चार विकेट लिएपछि अमेरिकाले १२ ओभरमा ३५ रन जोड्दा सबै विकेट गुमाएको थियो। सन्दीपले ६ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ६ विकेट लिए भने सुशनले तीन ओभरमा एक मेडन राख्दै पाँच दिएर चार विकेट लिए।

अमेरिकाका जाभियर मार्शलले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

चार ब्याट्सम्यानले रन जोड्न सकेनन्। दुई ब्याट्सम्यान एक रनमा आउट भए भने तीन ब्याट्सम्यान चार रनमा पवेलियन फर्किए।

प्रतिक्रिया दिनुहोस्