सन्दीपले दिलाए नेपाललाई पहिलो विकेट

काठमाडौं। अमेरिकाविरुद्ध बलिङ गरिरहेको नेपालले पहिलो विकेट लिएको छ।

सन्दीप लामिछानेले दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए।

अमेरिकाले छ ओभरमा एक विकेट गुमाएर २३ रन जोडेको छ।

नेपालका लागि करण केसीले तीन ओभर बलिङ गर्दै १३ रन दिएका छन्।

तीन ओभर बलिङ गरेका सन्दीपले नौ रन दिएर एक विकेट लिएका छन्।

जारी एकदिवसीय शृंखलामा नेपाल र अमेरिकाको यो चौथो खेल हो।

यसअघि अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो।

नेपालले आज टोलीमा एक खेलाडी परिवर्तन गरेको छ।

ओमानविरुद्धको पछिल्लो खेलमा खेलेका कमलसिंह ऐरीको स्थानमा ललित राजवंशीलाई टोलीमा समावेश गरेको छ।

यससँगै नेपाली टीममा तीन स्पिनर भएको छ।

प्रतिक्रिया दिनुहोस्