अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ को नेपालमा जारी त्रिदेशीय शृंखलामा आज नेपालले अमेरिकाविरुद्धको दोस्रो खेलमा पहिलो बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

जारी एकदिवसीय शृंखलामा नेपाल र अमेरिकाको यो चौथो खेल हो।

यसअघि अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित भएको थियो।

नेपालले आज टोलीमा एक खेलाडी परिवर्तन गरेको छ।

ओमानविरुद्धको पछिल्लो खेलमा खेलेका कमलसिंह ऐरीको स्थानमा ललित राजवंशीलाई टोलीमा समावेश गरेको छ।

यससँगै नेपाली टीममा तीन स्पिनर भएको छ।

नेपाली टीम

ज्ञानेन्द्र मल्ल(कप्तान), पारस खड्का, सुवास खकुरेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, सन्दीप लामिछाने, सुशन भारी, करण केसी र ललितनारायण राजवंशी।

प्रतिक्रिया दिनुहोस्