अधिकारी मध्यरातदेखि नै अवकाश पाएका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका ब्याची हुन्।

सँगै प्रहरी सेवामा प्रवेश गरेका खनाल संगठन प्रमुखका रुपमा सेवानिवृत्त हुँदा अधिकारीले भने त्यसभन्दा दुइ तहमुनि, डीआईजीबाटै अवकाश पाए।

तर, अधिकारीको यो टिप्पणी पदीय असन्तुष्टिका कारणले थिएन।

मध्यरातदेखि अवकाश पाउने आईजीपी खनालको विदाईका लागि हिजो, २८ माघमा प्रहरी प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।

त्यो कार्यक्रम खनालको व्याचका तीनै जना अतिरिक्त महानिरीक्षक (एआईजी) र १३ जना डीआईजीले बहिष्कार गरेका थिए।

अधिकारी पनि त्यसमध्ये थिए। आईजीपी खनालले एकपक्षीय रूपमा काम गरेको भनेर उनका ब्याची लगभग सबैजसो एआईजी र डीआईजीहरु असन्तुष्ट थियो।

कतिपयको त बोलचालसमेत औपचारिकतामा सीमित थियो।

एकै ब्याचका र कार्यसम्पादनमा अब्बल हुँदाहुँदै पनि राजनीतिक पहुँच नहुँदा र चलखेल गर्न नसक्दा अधिकारी शुरुदेखि नै बढुवामा पछि पारिएका थिए।

तर, त्यसलाई उनले असन्तुष्टिको कारण बनाएका थिएनन्।

खनालसँग उनको देखिनेगरीको असन्तुष्टि वीरगञ्जबाट शुरु भएको थियो। त्यसबेला अधिकारी एसपी थिए र पर्सा जिल्ला प्रहरी प्रमुखका रुपमा कार्यरत थिए।

खनाल भने एसएसपी भइसकेका थिए र नारायणी अञ्चल प्रहरी प्रमुख थिए।

वीरगंजबाट अपहरित एक बालकलाई अधिकारीको टोलीले सकुशल उद्दार गरेको थियो। अधिकारी ती बालकलाई लिएर आउँदै थिए।

बीच बाटोमै पुगेका खनालले ती बालक आफ्नो काखमा लिए। वीरगञ्ज आइपुग्दा पत्रकारमाझ खनाल उनलाई आफैले अपहरणमुक्त गरेको झैं गरेर प्रस्तुत भए।

सञ्चारमाध्यममा उनले बालकलाई समातेको तस्वीर छ्याप्छ्याप्ती भयो।

त्यसबेला अधिकारीले शुभचिन्तकहरुलाई भनेका थिए, ‘उसले गर्न जानेकै यही त हो।’

खनाल आईजीपी बनेपछि उनका ब्याची कोही पनि सन्तुष्ट भएनन्। कारण, खनालले धेरैजसोलाई आफ्नो प्रतिस्पर्धीको व्यवहार गरे।

संगठन प्रमुखका रुपमा विश्वास गर्नुपर्ने ब्याचीहरुप्रति पूर्णतः अविश्वासी व्यवहार गरेको र सकेसम्म ठेगान लगाउने प्रयास गरेको भर्खरै अवकाश पाएका एक एआईजी बताउँछन्।

पोस्टिंगदेखि अवसरसम्म त्यसको संकेत प्रष्ट देखिएको उनको भनाई छ।

हुन पनि खनाल प्रहरी प्रमुख हुँदा सरुवा र बढुवामा कहिल्यै नभएका उदेकलाग्दा दृष्य देखिए।

भोलिको नेतृत्वका लागि ग्रुम हुँदै गरेका कतिपय अफिसरहरुलाई बढुवामा नराम्ररी पछाडि धकेलियो।

फिल्डमा खटिएका अधिकृतहरुले गरेका राम्रा कामको जस उनीहरुलाई दिनुसाटो जस खोस्न समेत आईजीपी खनालको दौडधुप देखियो।

यसले गर्दा भविष्य र काम गर्ने वातावरण नभएको भन्दै कैयौं अब्बल अधिकृतले जागिर छाडे।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत रहँदारहँदै भविष्य सुरक्षित नदेखेर राजीनामा गरेका प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी तिनैमध्ये हुन्।

दीपेन्द्रले डीआईजी अधिकारीको ट्वीटमा रिप्लाई लेख्दै भनेका पनि छन्, ‘आखिर संगठन नालायक नेतृत्वबाट मुक्त भयो आज।’

यी दुई पूर्व अधिकृतको यो टिप्पणी पछिल्लो समय नेपाल प्रहरी कुन अवस्थाबाट गुज्रिरहेको थियो भनेर देखाउने दृष्टान्त पनि हो।

जाँदाजाँदै आयोजित कार्यक्रममा आईजीपी खनालले भने आफूले धेरै राम्रा काम गरेको दाबी गरे र आफूमाथि लागेका आरोपलाई खण्डन गर्ने प्रयास गरे।

"> अवकाशप्राप्त डीआइजीले लेखे- ‘नेपाल प्रहरी अब दलालहरुको व्यूहमा नफसोस्’: Dekhapadhi
अवकाशप्राप्त डीआइजीले लेखे- ‘नेपाल प्रहरी अब दलालहरुको व्यूहमा नफसोस्’
काठमाडौं। हिजो मध्यरातदेखि सेवानिवृत्त भएका नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले त्यसको करीब डेढ घण्टा पहिले, राति साढे १० बजे ट्वीट गरे, ‘अब नेपाल प्रहरी ब्यावसायिक बनोस्, दलालहरुको ब्युहमा नफसोस्। दलाल साम्राज्य मुर्दावाद।’

अधिकारी मध्यरातदेखि नै अवकाश पाएका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका ब्याची हुन्।

सँगै प्रहरी सेवामा प्रवेश गरेका खनाल संगठन प्रमुखका रुपमा सेवानिवृत्त हुँदा अधिकारीले भने त्यसभन्दा दुइ तहमुनि, डीआईजीबाटै अवकाश पाए।

तर, अधिकारीको यो टिप्पणी पदीय असन्तुष्टिका कारणले थिएन।

मध्यरातदेखि अवकाश पाउने आईजीपी खनालको विदाईका लागि हिजो, २८ माघमा प्रहरी प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।

त्यो कार्यक्रम खनालको व्याचका तीनै जना अतिरिक्त महानिरीक्षक (एआईजी) र १३ जना डीआईजीले बहिष्कार गरेका थिए।

अधिकारी पनि त्यसमध्ये थिए। आईजीपी खनालले एकपक्षीय रूपमा काम गरेको भनेर उनका ब्याची लगभग सबैजसो एआईजी र डीआईजीहरु असन्तुष्ट थियो।

कतिपयको त बोलचालसमेत औपचारिकतामा सीमित थियो।

एकै ब्याचका र कार्यसम्पादनमा अब्बल हुँदाहुँदै पनि राजनीतिक पहुँच नहुँदा र चलखेल गर्न नसक्दा अधिकारी शुरुदेखि नै बढुवामा पछि पारिएका थिए।

तर, त्यसलाई उनले असन्तुष्टिको कारण बनाएका थिएनन्।

खनालसँग उनको देखिनेगरीको असन्तुष्टि वीरगञ्जबाट शुरु भएको थियो। त्यसबेला अधिकारी एसपी थिए र पर्सा जिल्ला प्रहरी प्रमुखका रुपमा कार्यरत थिए।

खनाल भने एसएसपी भइसकेका थिए र नारायणी अञ्चल प्रहरी प्रमुख थिए।

वीरगंजबाट अपहरित एक बालकलाई अधिकारीको टोलीले सकुशल उद्दार गरेको थियो। अधिकारी ती बालकलाई लिएर आउँदै थिए।

बीच बाटोमै पुगेका खनालले ती बालक आफ्नो काखमा लिए। वीरगञ्ज आइपुग्दा पत्रकारमाझ खनाल उनलाई आफैले अपहरणमुक्त गरेको झैं गरेर प्रस्तुत भए।

सञ्चारमाध्यममा उनले बालकलाई समातेको तस्वीर छ्याप्छ्याप्ती भयो।

त्यसबेला अधिकारीले शुभचिन्तकहरुलाई भनेका थिए, ‘उसले गर्न जानेकै यही त हो।’

खनाल आईजीपी बनेपछि उनका ब्याची कोही पनि सन्तुष्ट भएनन्। कारण, खनालले धेरैजसोलाई आफ्नो प्रतिस्पर्धीको व्यवहार गरे।

संगठन प्रमुखका रुपमा विश्वास गर्नुपर्ने ब्याचीहरुप्रति पूर्णतः अविश्वासी व्यवहार गरेको र सकेसम्म ठेगान लगाउने प्रयास गरेको भर्खरै अवकाश पाएका एक एआईजी बताउँछन्।

पोस्टिंगदेखि अवसरसम्म त्यसको संकेत प्रष्ट देखिएको उनको भनाई छ।

हुन पनि खनाल प्रहरी प्रमुख हुँदा सरुवा र बढुवामा कहिल्यै नभएका उदेकलाग्दा दृष्य देखिए।

भोलिको नेतृत्वका लागि ग्रुम हुँदै गरेका कतिपय अफिसरहरुलाई बढुवामा नराम्ररी पछाडि धकेलियो।

फिल्डमा खटिएका अधिकृतहरुले गरेका राम्रा कामको जस उनीहरुलाई दिनुसाटो जस खोस्न समेत आईजीपी खनालको दौडधुप देखियो।

यसले गर्दा भविष्य र काम गर्ने वातावरण नभएको भन्दै कैयौं अब्बल अधिकृतले जागिर छाडे।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत रहँदारहँदै भविष्य सुरक्षित नदेखेर राजीनामा गरेका प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी तिनैमध्ये हुन्।

दीपेन्द्रले डीआईजी अधिकारीको ट्वीटमा रिप्लाई लेख्दै भनेका पनि छन्, ‘आखिर संगठन नालायक नेतृत्वबाट मुक्त भयो आज।’

यी दुई पूर्व अधिकृतको यो टिप्पणी पछिल्लो समय नेपाल प्रहरी कुन अवस्थाबाट गुज्रिरहेको थियो भनेर देखाउने दृष्टान्त पनि हो।

जाँदाजाँदै आयोजित कार्यक्रममा आईजीपी खनालले भने आफूले धेरै राम्रा काम गरेको दाबी गरे र आफूमाथि लागेका आरोपलाई खण्डन गर्ने प्रयास गरे।

प्रतिक्रिया दिनुहोस्