काठमाडाैं। प्रसिद्ध अन्नपूर्ण आधार शिविरमा स्की खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरिने भएको छ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र अन्नपूर्ण क्षेत्रमा स्की/स्नोबोर्डसम्बन्धी प्रशिक्षण कार्यक्रम हुन लागेको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो।
नेपाल माउन्टेन एकेडेमी, नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा स्की तथा स्नो बोर्डिङ प्रतिष्ठानले स्की/स्नोबोर्डसम्बन्धी अभिमुखीकरण आयोजना गर्न लागेको हो ।
समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा यही १३-२४ जनवरीसम्म तालिम सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए।
उक्त कार्यक्रममा लागि १६ सदस्यीय टोली भाेलि, २९ माघमा आधार शिविर प्रस्थान गर्नेछन्। चारजना स्की प्रशिक्षक पनि सँगै जानेछन्। एक नेपालीसहित दुई जर्मनी र एक इटालीका प्रशिक्षकले स्कीको तालिम दिने जनाइएको छ।
कार्यक्रमलाई नेपाली स्की सङ्घ, नेपाल भ्रमण वर्ष सचिवालय र स्की गाइड नेपालको सहयोग रहेको छ। प्रतिष्ठानले यसअघि रोल्वालिङ, दोलखाको कालिञ्चोक, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र अन्नपूर्ण आधारशिविरमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ। रासस
" /> काठमाडाैं। प्रसिद्ध अन्नपूर्ण आधार शिविरमा स्की खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरिने भएको छ।नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र अन्नपूर्ण क्षेत्रमा स्की/स्नोबोर्डसम्बन्धी प्रशिक्षण कार्यक्रम हुन लागेको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो।

">