भाजपाले यो पटक दिल्लीमा ४८ सिट जित्ने दाबी गरेको थियो। तर उसलाई दिल्लीका मतदाताले लक्ष्य नजिक नै पुग्न दिएनन्। आपलाई भाजपाले पछ्याउन नसके पनि अघिल्लो चुनावको तुलनामा ४ सीटको बढोत्तरी भने बनाएको छ।
भाजपाका दिल्ली अध्यक्ष मनोज तिवारीले हार स्वीकार गरिसकेका छन्। दिल्लीमा आपले विजयोत्सव मनाइरहेको छ। मुख्यमन्त्री समेत रहेका आपका अरविन्द केजरीवाल लगायत विजेता तथा समर्थकहरू बधाई र शुभकामना साटासाट गरिरहेका छन्। केजरीवालले दिल्लीका मतदातालाई ‘आइ लभ यु’ भन्दै धन्यवाद व्यक्त गरेका छन्।
भाजपाको न मुद्दा मन पर्यो, न हिन्दूत्वको नारा नै
सन् २०१५ को चुनावमा जम्मा ३ सिट ल्याएको भाजपाले यो पटक हरसम्भव प्रयत्न गरेपनि ४ सिट मात्र बढाउन सक्यो।
मोदीको दल भाजपाको हिन्दूत्वको नारालाई दिल्लीका जनताले यसपटक पनि अस्वीकृत गरिदिएका छन्। केन्द्रको चुनावमा धेरै हदसम्म प्रभावी बनेको हिन्दूत्वको नारा दिल्ली विधान सभामा भने निष्प्रभावि बन्यो।
भारतीय चुनाव भन्ने वित्तिकै नरेन्द्र मोदी र उनको दल भाजपाले उठाउँदै आएको हिन्दूत्व पनि जोडिएरै आउँछ। केन्द्रमा दोस्रोपटक भारी बहुमतका साथ शक्तिशाली प्रधानमन्त्री बनेपनि दिल्लीमा मोदीको कुनै जादु चल्न सकेन।

दिल्ली विधान सभा चुनावलाई भाजपाले आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो। प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाहदेखि शीर्ष नेताहरू र विभिन्न प्रान्तका मूख्यमन्त्रीहरू समेत चुनावी मैदानमा दिल्लीमै होमिएका थिए।
धारा ३७० खारेज गरेर कश्मीरलाई केन्द्र मातहत ल्याएको, अयोध्या विवाद सल्ट्याएको, बालकोट स्ट्राइक लगायत केन्द्रीय सरकारले गरेको कामलाई दिल्लीका मतदाताले मुल्यांकन गर्ने भाजपाको अनुमान थियो।
तर, दिल्लीका मतदातालाई केन्द्र सरकारको राष्ट्र केन्द्रित कामले विल्कुलै छोएन। बरू, निशुल्क पानी, फ्रि इन्टरनेट, फ्रि बिजुली, शिक्षामा सुधार, सरकारी विद्यालयमा सुधार जस्ता केजरीवालको स्थानीय मुद्दाले दिल्लीका मतदाताको मन जितेको देखियो। केजरीवालको विकासे मुद्दाप्रति नै दिल्लीका मतदाताको रुझान देखियो।
भाजपाले मतदाताको ध्यान आफूतिर तान्न ‘शाहीन बाग’को मुद्दा पनि उठायो। त्यसबाट पनि भाजपाले लाभ लिन नसकेको देखियो। ‘शाहीन बाग’लाई छुट्टै राज्य बनाउनुपर्ने आवाजलाई केजरीवालको सरकारले साथ दिएको भाजपाले आरोप लगाउँदै आएको थियो। केजरीवाललाई भाजपाले ‘आतंककारी’ सम्म भनेको थियो।
दिल्ली चुनावमा भाजपाले शाहीन बागको मुद्दा उठाउँदा आपले दिल्लीको विकासको मुद्दा उठायो। भाजपाले फोहोर पानीबाट छुट्कारा भन्दा आपले निशुल्क पानी र बिजुली भन्यो। भाजापले अवैध कोलोनी हटाउने भन्दा आपले झुपडीको सट्टा घर भन्यो। भाजपाले आयुष्मान योजना ल्याउँदा आपले मोहल्ला क्लीनिक योजना अघि सार्यो।
दिल्लीका मतदाताले भाजपाको महिलाको सुरक्षा मुद्दा भन्दा आपको ‘महिलालाई फ्रि यात्रा’ रुचाए।
ठूला-ठूला राष्ट्रिय मुद्दाले आम मानिसको दैनिक गुजारा चल्न सक्दैन भन्ने बुझाई दिल्लीवासीको रहेको सन्देश यो परिणामले प्रष्टयाएको छ।
पछिल्लो विधान सभा निर्वाचन २०१३, २०१५ र २०२० को नतिजा हेर्दा दिल्लीका मतदाताहरु चुनावी नाराप्रति एकदमै सचेत रहेको देखिएको छ। ठूला-ठूला राष्ट्रिय मुद्दाले आम मानिसको दैनिक गुजारा चल्न सक्दैन भन्ने बुझाई दिल्लीवासीको रहेको सन्देश यो परिणामले प्रष्टयाएको छ।
आपको उदय
आपको राजनीतिक इतिहास धेरै लामो छैन। ८ वर्षअघि फर्कँदा मात्र पनि आपको राजनीतिक उचाइ थाहा पाउन सकिन्छ।
सन् २०१२ मा अन्ना हजारेको नेतृत्वमा भएको ‘जन लोकपाल आन्दोलन’को क्रममा आप स्थापना भएको थियो। भारतीय राजनीतिक दलहरुले जन लोकपाल कानून बनाउन उपेक्षा गर्दै आएका थिए। यही मुद्दामा भारतमा ‘वैकल्पिक राजनीतिक दल’ को खोजी शुरू भएको थियो।
अन्ना हजारेले भ्रष्टाचार विरोधी जनलोकपाल आन्दोलनलाई राजनीतिबाट अलग राख्न खोजेपनि अरविन्द केजरीवाल आन्दोलनबाट लक्ष्य प्राप्त गर्न छुट्टै पार्टी निर्माण गरेर चुनावमा जानुपर्ने पक्षमा उभिए।
राजनीतिमा सहभागी हुने कि नहुने मतभेदका कारण अन्ना हजारे र केजरीवाल छुट्टिए । राजनीतिमा सहभागी हुनुपर्ने भन्दै व्यापक समर्थन मिलेपछि केजरीवालले २ अक्टुवर २०१२ मा राजनीतिक दल बनाउने घोषणा गरे ।
र, भारतीय संविधानको वार्षिकोत्सवको अवसरमा २६ नोभेम्वर २०१२ मा औपचारिक रूपले आम आदमी पार्टीको गठन भयो । केजरीवाललाई जन लोकपाल आन्दोलनमा जोडिएका मनीष सिसोदिया, प्रशांत भुषण र योगेन्द्र यादव लगायतका अभियन्ताहरुले साथ दिए ।
२०१३ को विधान सभा चुनावमा झाडु (कुचो) चुनाव चिन्ह लिएर मैदानमा उत्रेको आम आदमी पार्टीले पहिलो पल्ट नै ७० सिटमध्ये २८ वटा सिटमा जीत हासिल गरेको थियो। त्यसबेला भाजपा ३१ र कंग्रेस ८ सिटमा खुम्चिएका थिए।
सबैभन्दा रोचक त के थियो भने १५ वर्षदेखि सत्ताको बागडोर सम्हालेको कंग्रेसलाई ‘आप’ले चक्मा दियो। कंग्रेसलाई ठूलो झड्का दियो। भाजपाले आपसँग सरकार बनाउन अस्वीकार गर्यो। त्यसपछि कंग्रेसको समर्थनमा केजरीवाल दिल्लीको मुख्यमन्त्रीको सिंहासनमा पुग्न सफल भए।
२०१५ मा भएको विधान सभा चुनावमा त सबैलाई अचम्ममा पर्ने चुनावी नतिजा बाहिरियो। ७० सिटमध्ये ६७ सिटमा ‘आप’ ले आफ्नो झण्डा गाड्यो। १५ वर्षे दिल्लीको शासन सत्ताबाट कंग्रेसको बहिर्गमन मात्र भएन, पत्तासाफ नै हुन पुग्यो । भाजपा मात्र ३ सिटमा समेटियो।
-एजेन्सीहरूकाे सहयाेगमा