सिरहामा १५ महीने बालिकाको हत्या

सिराहा। सिरहामा एक १५ महीने बालिकाको हत्या भएको छ। बरियारपट्टि गाउँपालिका–३ की आशिकीकुमारी यादवको पोखरीमा डुबाएर हत्या गरिएको हो।

सिरहा प्रहरीका अनुसार प्लास्टिकको बोरामा पोको पारेर पोखरीमा डुबाएको अवस्थामा शव फेला परेको छ।

आशिकी २७ माघ घरबाटै हराएको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए।

खोजतलासका क्रममा आज दिउँसो पोखरीमा शव फेला परेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्