काठमाडौं। आज मात्रै नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका ठाकुर ज्ञवाली २८ असोज २०२२ मा प्युठानको झिमरूक गाउँपालिका–१ मा जन्मिएका थिए।
संयोगले उनी आज २८ गते (२८ माघमा) नै नेपाल प्रहरीको संगठन प्रमुखमा नियुक्त भए।
ज्ञवालीको जीवनमा ‘२८ गते’ संयोगको श्रृंखला यतिमात्र छैन।
बुवा नारायणप्रसाद ज्ञवाली र आमा सुमित्राको माइलो सन्तानका रूपमा जन्मिएका उनको जीवनमा २८ गतेका थप संयोगहरू छन्।
२५ असार २०४७ मा प्रहरी निरीक्षकबाट प्रवेश गरेका ज्ञवालीको एसपीपछिका हरेक तहको बढुवामा २८ गतेको संयोग जुर्दै आयो।
उनी एसपीबाट एसएसपीमा २८ असार २०७३ मा बढुवा भए। यस्तै २८ असोज २०७५ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए, ज्ञवाली।
उनले डीआईजीबाट एआईजीमा बढुवा हुन भने परेन।
प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधिको व्यवस्था अनुसार आजदेखि आईजी सर्वेन्द्र खनालसँगै एआईजीहरू पनि विदा भए। र, वरिष्ठताका आधारमा ज्ञवाली नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त हुन पुगे।
र, उनी आउँदो २५ असारमा नेपाल प्रहरीको २८ औं महानिरीक्षका लागि मैदान खाली गरेर विदा हुनेछन्।
पढ्नुहोस्
यी हुन् ‘लो प्रोफाइल’मा बस्न रूचाउने नयाँ आईजीपी
ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय
ठाकुर ज्ञवालीलाई आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक शुरू
ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त हुँदै
" /> काठमाडौं। आज मात्रै नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका ठाकुर ज्ञवाली २८ असोज २०२२ मा प्युठानको झिमरूक गाउँपालिका–१ मा जन्मिएका थिए।संयोगले उनी आज २८ गते (२८ माघमा) नै नेपाल प्रहरीको संगठन प्रमुखमा नियुक्त भए।

">