काठमाडौं। अकिब इलियास र जीशन मकसूदको शतकप्रेरित ओमानले आज अमेरिकालाई ९२ रनले हराउँदै आईसीसी क्रिकेट विश्वकप लिग–२ को नेपालमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सतप्रतिशत नतिजा निकालेको छ।
ओमानले नेपालमा खेलेको चारमध्यै सबै खेलमा विजय हासिल गरेको छ। यसअघि पहिलो खेलमा नेपाललाई १८ रनले पराजित गरेको ओमानले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो। नेपालविरुद्धको दोस्रो खेलमा ओमान आठ विकेटले विजयी भएको थियो।
जितसँगै ओमानले लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ। ओमानले दश खेलबाट १६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले ११ खेलमा १२ अंक बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाका कप्तान सौरभ नेत्रभाल्करले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७६ रन बनायो। २७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.१ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो।
रुस्टी थेरोनले खवार अलीलाई तथा नेत्रभाल्करले जतिन्दर सिंहलाई पवेलियनको बाटो देखाउँदै अमेरिकालाई बलिङमा राम्रो शुरूआत दिएका थिए। १०.५ ओभरमा ३१ रन जोड्दा ओमानले दुई विकेट गुमाइसकेको थियो। त्यसपछि भने इलियास र मकसूदले ओमानको इनिङ उकासे।
.jpg)
दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि २१६ रनको साझेदारी गरे। इलियासले १२३ बलमा ११ चौका र एक छक्कासहित १०५ रन जोडे। एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो लगातार दोस्रो शतक हो। यसअघि उनले नेपालविरुद्ध पनि शतक बनाएका थिए। नेपालविरुद्ध इलियासले अविजित १०९ रन बनाएपछि ओमान ८ विकेटले विजयी भएको थियो।
नेपालविरुद्ध अविजित ६८ रन बनाएका मकसूदले पनि शतक बनाए। उनले १०९ बलमा दश चौका र चार छक्कासहित १०९ रन बनाए।
यसअघिका तीनै खेलमा पराजित भएको अमेरिकाले भोलि, २९ माघमा अन्तिम खेलमा नेपालविरुद्ध खेल्नेछ। २९ माघमा अमेरिका पहिलो जितको खोजीमा हुनेछ भने नेपाल दोस्रो जितका लागि खेल्नेछ।
तेस्रो विकेटका रूपमा मकसूद आउट हुँदा ओमान २४७–३ को स्थितिमा थियो। नशीम खुशी पाँच रन बनाएर आउट भए। इलियास आउँट हुँदा ओमान २५८–५ को स्थितिमा थियो। नेपाली मुलका सुरज कुमार तीन रनमा पवेलियन फर्किए। सन्दीप गोउद १३ रनमा अविजित रहे भने मोहम्मद नादीम २ रनमा अविजित रहे।
अमेरिकाका थेरोन र नेत्रभाल्करले समान तीन विकेट लिए। थेरोनले ६० रन दिए भने नेत्रभाल्करले ३७ रन दिए।
अलराउन्ड प्रदर्शन गरेका इलियासले तीन विकेट लिए। इलियास र बिलाल खानले समान तीन तथा जीशन मकसूदले दुई विकेट लिएपछि अमेरिकाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।
अमेरिकाका निसाङ पटेलले ५२, एरोन जोन्सले अविजित ४७, इयान होल्यान्डले २८, ज्याभियर मार्शलले २३ तथा थेरोनले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।