काठमाडौं। न्यूजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत आज पाँच विकेटले पराजित भएको छ। आजको हारसँगै तीन खेलको शृंखलामा भारत ‘ह्वाइटवास’ भएको छ।
दुईदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारत ‘ह्वाइटवास’ भएको १९८९ पछि यो पहिलो हो। भारत यसअघि १९८९ मार्चमा भिभ रिचार्डको वेस्ट इन्डिजसँग पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा ‘ह्वाइटवास’ भएको थियो।
भारतविरुद्ध पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ५-० ले पराजित भएको न्यूजिल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रियमा भने उत्कृष्ट पुनरागमन गर्यो। न्यूजिल्यान्डले पहिलो खेल चार विकेटले जितेको थियो। दोस्रो खेलमा २२ रनको विजय हासिल गरेको घरेलु टोली न्यूजिल्यान्डले आज पाँच विकेटको नतिजा निकालेको हो।
केएल राहुलले शतक तथा श्रेयस ऐयरले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रन बनाएको थियो।
राहुलले ११३ बलमा ९ चौका र दुई छक्कासहित ११२ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा राहुलको यो चौथो शतक हो। ऐयरले ६३ बलमा ९ चौकासहित ६२ रन जोडे। ओपनर पृथ्वी शाहले ४०, मनिष पाण्डेले ४२ रन जोडे।
न्यूजिल्यान्डका हामिश बेन्नेटले चार विकेट लिए भने केल जामिसन र जेम्स नीशमको नाममा एक-एक विकेट रह्यो।
न्यूजिल्यान्डका मार्टिन गुप्टिल, हेनरी निकोलस र कोलिन डी ग्राण्डहोमले अर्धशतक बनाएपछि २९७ रनको लक्ष्य ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।
४५ बलमा ६ चौका र चार छक्कासहित ६६ रन बनाएका गुप्टिलले पहिलो विकेटका लागि निकोलससँग १०६ रनको साझेदारी गरेका थिए। निकोलसले १०३ बलमा ९ चौकासहित ८० रन बनाए।
कप्तान केन विलियम्सनले २२ नीशमले १९ र रोस टेलरले १२ रन बनाए। ग्राण्डहोमल ५८ तथा टम लाथम ३२ रनमा अविजित रहे।
भारतका युजभेन्द्र चाहलले तीन विकेट लिए भने शार्दुल ठाकुर र रविन्द्र जडेजाले एक एक विकेट लिए।
" /> काठमाडौं। न्यूजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत आज पाँच विकेटले पराजित भएको छ। आजको हारसँगै तीन खेलको शृंखलामा भारत ‘ह्वाइटवास’ भएको छ।दुईदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारत ‘ह्वाइटवास’ भएको १९८९ पछि यो पहिलो हो। भारत यसअघि १९८९ मार्चमा भिभ रिचार्डको वेस्ट इन्डिजसँग पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा ‘ह्वाइटवास’ भएको थियो।

">