दिल्ली विधान सभामा आम आद्मीले फेरि जित्याे

भारतको नयाँ दिल्लीमा सम्पन्न विधान सभा चुनावमा आम आद्‍मी पार्टी दुईतिहाइ बहुमततर्फ उन्मुख भएको छ।

गत ८ फेब्रुअरीमा ७० वटा सीटमा विधान सभा सदस्यको निर्वाचन भएको थियो।

आज बिहानदेखि जारी मतगणनामा आम आद्‍मी पार्टीले ७० मध्ये ४७ सीटमा जित हासिल गरेको छ, १६ सीटमा अग्रस्थानमा छ। अग्रस्थानमा भएका सीट जित्ने हो भने आम आद्‍मी पार्टीको यो दुईतिहाइ बहुमत हुनेछ।

भारतीय जनता पार्टी (भाजपा) भने जम्मा पाँचवटा सीटमा जित प्राप्त गरेकाे छ, दुईवटा सीटमा अग्रस्थानमा छ।

भारतीय कंग्रेसले भने खाता समेत खोल्न सकेको छैन। यसअघि सन् २०१५ मा भएको विधान सभा चुनावमा आम आद्‍मी पार्टीले ६७ सीट जितेको थियो।

आम आद्‍मी पार्टीका अध्यक्ष एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका मतदातालाई ‘आई लभ यू’ भन्दै धन्यवाद व्यक्त गरेका छन्।

भाजपाका केन्द्रीय अध्यक्ष जगतप्रसाद नड्डाले अरविन्द केजरीवाललाई बधाई दिँदै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छ्न्। दिल्ली विधान सभा चुनावलाई भाजपाले आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्