काठमाडौं। बलिउडप्रति नेपाली दर्शक र कलाकारको मोह बढ्दो छ। नेपाली कलाकारहरू बलिउडमा इन्ट्री मार्ने क्रम पनि बढ्दो छ।
विशेषगरी नेपाली नायिका तथा मोडलहरू त्यसतर्फ बढी आकर्षित भइरहेका छन्। यही भीडमा चलचित्र होस्टेलबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका तथा मोडल रिस्ता बस्नेत भारतीय म्यूजिक भिडिओमा डेब्यू गर्न लागेकी छन्।
भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको एक गीतको म्यूजिक भिडिओमा रिस्ता अनुबन्धित भएकी हुन्।
नेहाको गीतमा काम गर्न पाएकोमा निकै खुशी लागेको उनले प्रतिक्रिया दिएकी छन्।
रिस्ताले उक्त गीतमा टिकटकबाट चर्चित भएका मन्जुल कट्टरसँग रोमान्स गर्नेछिन्। पुनित अवस्थीको संगीत रहेको गीतको भिडिओलाई नेपाली कोरियोग्राफर कमल राईले निर्देशन गर्नेछन्।
भिडिओमा पुरुषोत्तम प्रधानको छायाँकन तथा बिपिन मल्लको सम्पादन रहनेछ।
उनले चलचित्र होस्टेलसँगै लुकामारीमा पनि अभिनय गरेकी थिइन्। उनले थुप्रै म्यूजिक भिडिओमा समेत काम गरिसकेकी छन्।
" /> काठमाडौं। बलिउडप्रति नेपाली दर्शक र कलाकारको मोह बढ्दो छ। नेपाली कलाकारहरू बलिउडमा इन्ट्री मार्ने क्रम पनि बढ्दो छ।विशेषगरी नेपाली नायिका तथा मोडलहरू त्यसतर्फ बढी आकर्षित भइरहेका छन्। यही भीडमा चलचित्र होस्टेलबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका तथा मोडल रिस्ता बस्नेत भारतीय म्यूजिक भिडिओमा डेब्यू गर्न लागेकी छन्।

">