काठमाडौं। काठमाडौं जिल्ला अदालतले ‘गुण्डा नाइके’ रमेश बाहुन भनिने सुजन पौडेललाई १० वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको छ।
न्यायाधीश नवराज दाहालको इजलासले २६ माघमा उनलाई कैद र जरिवानाको फैसला सुनाएको हो।
लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसारको कसुरमा उनलाई उक्त सजायको फैसला भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले देखापढीलाई जानकारी दिए।
पौडेलमाथिको १० वर्षको कैद सजाय पक्राउ परेको मितिदेखि नै लागू हुनेछ।
उनी १० असार २०७१ मा काठमाडौंको कलंकीबाट पक्राउ गरिएको प्रहरीले बताएको थियो। तर, उनलाई प्रहरीले भारतको लखनउस्थित भारतीय विधायक बिनायक सिंहको घरबाट पक्राउ गरेको सार्वजनिक भएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका बेला पौडेलको साथबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोली बरामद भएको थियो।
पौडेल हाल पुर्पक्षका लागि कारागारमा थिए। रामेछाप दुरागाउँका पौडेल नेपाली सेनाका भगौडा हुन्।
प्रहरीले उनीविरुद्ध १४ साउन २०७१ मा लागूऔषध मुद्दा दर्ता गरेको थियो।
पौडेलले यसअघि हातहतियार र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कारबाही भोगेका थिए।
" /> काठमाडौं। काठमाडौं जिल्ला अदालतले ‘गुण्डा नाइके’ रमेश बाहुन भनिने सुजन पौडेललाई १० वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको छ।न्यायाधीश नवराज दाहालको इजलासले २६ माघमा उनलाई कैद र जरिवानाको फैसला सुनाएको हो।

">