काठमाडौं। त्रिभुवन आर्मीका कप्तान भरत खवासले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो ५०औं गोल छोरी स्वर्णिकालाई समर्पित गरेका छन्। भरतले आज ब्रिगेड ब्वाइजविरुद्ध गोल गर्दै लिगमा ५० गोल पूरा गरेका हुन्।

जारी लिगमा भरतको यो चौथो गोल हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भरतले पाँचौं मिनेटमा गोल गरेर त्रिभुवन आर्मीलाई अग्रता दिलाएका थिए। ब्रिगेड ब्वाइजका गोलरक्षक विशाल सुनारको ‘मिसपास’को फाइदा उठाउँदै जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई भरतले हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

उक्त गोलसँगै भरत लिगमा ५० गोल पूरा गर्ने सातौं खेलाडी बने। यसअघि लिगमा सुरेन्द्र तामाङ, वसन्त थापा, रमेश बुढाथोकी, गणेश लावती र अनिल गुरुङले ५० गोल पूरा गरिसकेका छन्। सन्तोष साहुखलले भने १०० गोलको कोशेढुंगा पार गरिसकेका छन्।

“यहाँसम्मको यात्रा सहज थिएन। धेरै गाह्रो भयो। मिहिनेतको फल पाएँ जस्तो लागेको छ”, नेपाली सेनाका उप-सेनानी भरतले देखापढीसँग भने, “यो मेरो लागि एकदमै खुशीको क्षण हो। यो विशेष क्षण म छोरीलाई समर्पित गर्न चाहन्छु।”

भरत एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी हुन्। मोरङ, हरैचाको कचाङमा जन्मिएका भरत पाँच कक्षा पढ्दा एन्फा एकेडेमीमा आबद्ध भएका थिए। त्यसपछि उनले करिअरमा पछाडि फर्केर हेर्नु परेन। २०५६ सालमा एन्फा एकेडेमी छिरेका भरत २०६३ सालमा संकटासँग अनुबन्ध भएका थिए।

संकटाले त्यस सिजन एन्फा एकेडेमीका १२ खेलाडीलाई अनुबन्ध गरेर लिग खेलेको थियो। भरतले त्यही वर्ष लिगमा डेब्यू गरे। २७ कात्तिक २०६३ मा सरस्वती युथ क्लबविरुद्ध उनले लिगको पहिलो गोल गरेका थिए। संकटाले सरस्वतीलाई ५-० ले हराउँदा भरतले १४औं मिनेटमा त्यो पहिलो गोल गरेका थिए। संकटामा भरतले पाँच गोल गरे।

भरत २०६६ मा फ्रेण्ड्स क्लबसँग अनुबन्ध भए। २०६६ र २०६७ मा फ्रेण्ड्सबाटै खेले। फ्रेण्ड्सबाट पनि भरतले पाँच गोल नै गरे । २०६८ सालमा भने उनी नेपाल पुलिस क्लबसँग आबद्ध भए। त्यहीँबाट लिगको उपाधि जिते। पुलिस क्लबबाट भरतले १४ गोल गरे।

पुलिस क्लबमा हुँदा भरत उच्च लयमा थिए। करारमा रहेका भरतलाई नेपाल पुलिसले स्थायी बनाउन आनाकानी गर्‍यो। त्यसपछि सहायक सेनानीको हैसियतमा नेपाली सेनामा आबद्ध भए। त्यसयता उनी त्रिभुवन आर्मी क्लबबाट निरन्तर फुटबल खेलिरहेका छन्।

भरतले आर्मी क्लबबाट उनले २६ गोल गरिसकेका छन्। उनले त्रिभुवन आर्मीबाट २०६९ मा ११ गोल गरे। २०७० मा चार गोल गरेका भरतले २०७५ को लिगमा सात गोल गरेका थिए। जारी सिजन उनले चार गोल गरिसकेका छन्।

“५० गोलमा म रोकिन्न। सन्तोष (साहुखल) दाइले लिगमा कीर्तिमान बनाउनु भएको छ। त्यो कीर्तिमान तोड्ने प्रयास गर्नेछु।”

भरतको परिवारमा अरू पनि फुटबलमा रूचि राख्थे। भरतको दाजु स्थानीयस्तरका राम्रै खेलाडी थिएन। उनका काकाहरूले त ‘बी’ डिभिजन लिग नै खेलेका थिए। दाइ र काकाहरूकै सुझावमा उनी एन्फा एकेडेमीमा भर्ना भए।

त्यसयता विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टोलीमा नियमित पर्ने खेलाडी हुन्, भरत।

लिगमा ५० गोलको कोशेढुंगा पार गरेका भरत यतिमै नरोकिने बताउँछन्।

“शुरूमा ५० गोल गर्छु भन्ने लक्ष्य थिएन। आज ५० गोल भएको छ। म धेरै खुशी छु। साथ दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद”, भरतले थपे, “५० गोलमा म रोकिन्न। सन्तोष (साहुखल) दाइले लिगमा कीर्तिमान बनाउनु भएको छ। त्यो कीर्तिमान तोड्ने प्रयास गर्नेछु।”

फुटबल खेल्ने क्रममै भरतको रुमा अवालेसँग भेट भएको थियो। त्यतिबेला भरत स्टार भइसकेका थिएनन्। च्यासल फुटबल मैदानमा यु-१७ को एक प्रतियोगिता खेल्ने क्रममा पहिलो पटक भेट भएको थिजयो, उनीहरू दुईजनाको। त्यसपछि भरत र रुमाको भेटघाट बाक्लिन थाल्यो। ती भेटघाट प्रेम सम्बन्धमा परिणत भए। उनै रुमासँग भरत दुई वर्षअघि विवाह बन्धनमा बाँधिए। गत वैशाखमा भरत छोरीको बुबा बनेका थिए। उनै छोरीलाई भरतले आफ्नो लिगको ५० गोल समर्पित गरेका हुन्।

“श्रीमती सधैँ खेल हेर्न आउँथिन्, आज विशेष कारणवश आउन सकिनन्, उनी आएको भए अझ रमाइलो हुने थियो”, भरतले खेल सकिएपछि भने।

आजको जितसँगै त्रिभुवन आर्मी उपाधि नजिक पुगेको छ। लिगको उपाधि जित्न उसलाई अन्तिम खेल बराबरी काफी हुनेछ।

त्रिभुवन आर्मीले बराबरी खेले पनि मछिन्द्रलाई एक अंकले पछि पार्दै उपाधि जित्नेछ। लिगमा एक खेल मात्र बाँकी छँदा त्रिभुवन आर्मीको २९ अंक छ, जुन दोस्रो स्थानको मछिन्द्र क्बलभन्दा एक अंकले बढी हो। त्रिभुवन आर्मीले अन्तिम खेल आउँदो शनिबार दशरथ रंगशालामा मछिन्द्रविरुद्ध नै खेल्नेछ।

“अन्तिम खेल फाइनल जस्तै बनेको छ। हामी सबैको मुख्य लक्ष्य उपाधि जित्नु हो। हाम्रो पूरै टीम त्यसमा केन्द्रित छौं”, आर्मीका कप्तान भरतले भने, “आर्मी क्लबले अहिलेसम्म उपाधि जित्न सकेको छैन। मैदान भित्र र बाहिर हामीले शतप्रतिशत दिइरहेका छौं। आशा छ हामी त्यो सफलता पनि हासिल गर्नेछौं।”

भरतलाई आफूले गरेका गोलमध्ये जारी सिजन च्यासल युथ र जावलाखेल युथ क्लबविरुद्ध गरेको गोल उत्कृष्ट लाग्छ। भरतकै गोलमा त्रिभुवन आर्मीले जावालाखेललाई १-० ले पराजित गरेको थियो भने च्यासललाई ३-० ले हराएको थियो। दुवै क्लबविरुद्ध भरतले लगभग एउटै शैलीमा गोल गरेका थिए। उनले १८ यार्ड बक्सको दायाँ कर्नरबाट दायाँ खुट्टाले हानेको बल गोलमा परिणत भएको थियो।

" /> काठमाडौं। त्रिभुवन आर्मीका कप्तान भरत खवासले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो ५०औं गोल छोरी स्वर्णिकालाई समर्पित गरेका छन्। भरतले आज ब्रिगेड ब्वाइजविरुद्ध गोल गर्दै लिगमा ५० गोल पूरा गरेका हुन्।

"> भरत खवासको ५०औं गोल छोरीमा समर्पित: Dekhapadhi
भरत खवासको ५०औं गोल छोरीमा समर्पित

प्रतिक्रिया दिनुहोस्