काठमाडौं। प्रहरी सेवामा करीब ३० वर्ष बिताएका नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आमरूपमा कमै चिनिएका पुलिस अफिसरमा पर्छन्। ‘सेलिब्रिटी’ बन्ने होड प्रहरीमा समेत अचम्मसँग चुलिएका बेला ज्ञवाली भने धेरैको नजरमा परेनन्। कारण हो– प्रायः ‘लो प्रोफाइल’मा रहेर काम गर्न रूचाउने उनको शैली।
आमरूपमा जसरी उनी कम चर्चामा छन्, प्रहरी संगठनभित्र भने उनको बेग्लै छबी छ। “ज्ञवाली इमान्दार र नैतिकवान अफिसर हुन्, यसमा कुनै शंका छैन”, पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले देखापढीसँग भने, “राम्रो मान्छे नेतृत्वमा नआउँदा प्रहरी संगठन राम्ररी चल्न नसकेको मान्ने हो भने अब संगठनले त्यस्तो मान्छे पाएको छ।”
२५ असार २०४७ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा शुरू गरेका ज्ञवालीको शुरूको पोस्टिङ प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा भएको थियो। त्यसयता उनले जहाँ-जहाँ काम गरे, जुन-जुन यूनिटको नेतृत्व गरे- त्यहाँ बेग्लै छाप छोडेका छन्। उनले जसको मातहतमा काम गरे, तिनलाई बेग्लै नतिजा दिलाएका छन्। जिल्लाको कमाण्ड गर्दा होस् या अन्य इकाइको, ज्ञवालीका सिनियरहरू उनको व्यावसायिकताको खुलेर प्रशंसा गर्छन्।
“ठाकुर पूर्णतः प्रोफेसन सेन्ट्रिक व्यावसायिक अफिसर हुन्”, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले देखापढीसँग भने, “व्यावसायिकताबाहेक अरू कुरा सोच्ने, बोल्ने र गर्ने उनको स्वभाव छैन। त्यसैगरी, अनावश्यक तडकभडक र प्रचार गर्ने तथा सेलिब्रेटी बन्न खोज्ने रूचि पनि उनमा छैन।”
उनी काठमाडौंमा कार्यरत रहँदा प्रहरी प्रमुखहरू आईजीपी, एआईजी र डीआईजीहरू मात्र रहने नेपाल प्रहरीको नीतिगत निकाय ‘पोलिसी कोअर्डिनेसन कमिटी– पीसीसी’ बैठकमा उनलाई नछुटाई बोलाउँथे।
प्रहरी नियमावलीअनुसार ज्ञवालीको पदावधि जम्मा पाँच महीनाको हुनेछ। अर्थात्, आउँदो २५ असारमा उनले नियमावलीको ३० वर्ष सेवा अवधिसम्बन्धी प्रावधानका कारण अनिवार्य अवकाश पाउनेछन्।
एसपी र एसएसपी रहेका बेला पनि उनले कैयौंपटक पीसीसीको बैठकमा सहभागिता जनाए। किन त?
पूर्वडीआईजी ठकुरीले भने, “कुनै पनि निर्णय गर्दा त्यसको प्रक्रिया मिल्छ कि मिल्दैन भनेर हेर्न सक्ने खुबी उनमा छ। त्यहीकारण संगठन प्रमुखले धेरैजसो निर्णय प्रक्रियामा उनको सहयोग लिन्थे।”

यतिबेला नेपाल प्रहरी कठिन मोडबाट गुज्रिइरहेको छ। निर्मला पन्त बलात्कार–हत्याका दोषी डेढ वर्षसम्म पत्ता नलाग्नु लगायतका कतिपय घटनाक्रमले गिजोल्दा जनस्तरमा प्रहरीको छबि खस्केको छ।
एकातिर अपराधको ग्राफ उकालो लागिरहेको छ, अर्कोतर्फ प्रहरीको क्षमतामाथि आमरूपमै प्रश्न उठिरहेको छ।
आजदेखि सेवानिवृत्त हुँदै गरेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका कतिपय विवादास्पद निर्णय, प्रहरी अधिकृतको सरूवा र बढुवामा प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रालयसमेतबाट यसबीचमा भएका केही निर्णयले प्रहरीको ‘र्यांक एण्ड फाइल’मा निराशा बढेको छ।
अर्थात् एकातिर जनस्तरमा खस्केको प्रहरीको छबि उज्यालो बनाउनुपर्ने चुनौती छ भने अर्कोतर्फ निराश बनेको आफ्नै पंक्तिको मनोबल उकास्नुपर्ने छ।
यो अवस्थामा पाँच महिना मात्र पदावधि भएका नयाँ आईजीपीले के चाहिँ गर्लान् त?
सेवा अवधिसम्बन्धी ३० वर्षे प्रावधानले प्रहरीले खारिएको नेतृत्व पाउन नसकेको टिप्पणीसमेत भइरहेको छ। “संगठनले धेरैपछि राम्रो मान्छे पाएको छ”, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले भने, “३० वर्षे प्रावधान हटाउने हो भने अब यही नै सही बेला हो।”
“उनी क्षमतावान र इमान्दार अफिसर हुन्, तर प्रहरी संगठन चलाउन आईजीपी नै सर्वेसर्वा होइन”, पूर्वडीआईजी ठकुरीले भने, “हामी राम्रो मान्छे प्रहरीको नेतृत्वमा आएन भन्थ्यौं, अब राम्रो मान्छे आएको छ। त्यसलाई काम गर्ने वातावरण कसरी दिने भन्नेबारे सरकारले सोच्नुपर्छ।”
यसपालि पनि प्रहरीमा कायम ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने प्रयास जोडतोडले भएको थियो। नियमावली संशोधन गरेर त्यो प्रावधान हटाइएको भए उनको आईजीपी बन्ने ढोका बन्द हुन्थ्यो।
प्रहरीमा ३० वर्षे प्रावधान हटाउनुपर्ने माग पहिलेदेखि हुँदै आएको छ। यो प्रावधानले गर्दा नेतृत्व विकास हुन नसकेको र प्रहरीले खारिएको नेतृत्व पाउन नसकेको टिप्पणीसमेत भइरहेको छ। “संगठनले धेरैपछि राम्रो मान्छे पाएको छ”, पूर्वडीआईजी ठकुरीले भने, “३० वर्षे प्रावधान हटाउने हो भने अब यही नै सही बेला हो।”
त्यसो हुँदा ज्ञवालीले प्रहरीको नेतृत्व गर्ने पर्याप्त अवधि पाउनेछन्।
प्रहरीमा काबिल भनिएका कैयौं अफिसर आईजीपी बनेपछि स्वार्थको जालोमा लपेटिएका उदाहरण छन्। अर्थात् अरू भूमिकामा अब्बल देखिएकाहरू नेतृत्वमा पुगेपछि प्रायः कमजोर र विवादित बन्न पुग्छन्। नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीको पनि अब त्यो परीक्षा शुरू भएको छ।
पढ्नुहोस्
ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय
ठाकुर ज्ञवालीलाई आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक शुरू
ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त हुँदै
" /> काठमाडौं। प्रहरी सेवामा करीब ३० वर्ष बिताएका नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आमरूपमा कमै चिनिएका पुलिस अफिसरमा पर्छन्। ‘सेलिब्रिटी’ बन्ने होड प्रहरीमा समेत अचम्मसँग चुलिएका बेला ज्ञवाली भने धेरैको नजरमा परेनन्। कारण हो– प्रायः ‘लो प्रोफाइल’मा रहेर काम गर्न रूचाउने उनको शैली।

">