फर्किए बंगलादेशका सेना प्रमुख
काठमाडौं। बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद् आज स्वदेश फर्किएका छन्।

पाँचदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका अमहद्लाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सहसंयोजक उपरथी निर्मलकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

नेपाल भ्रमणका क्रममा अहमद्ले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिलगायतसँग भेटघाट गरे।

साथै सेना प्रमुख अहमद्ले पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर, पाँचखालस्थित नेपाली सेनाको शान्ति कार्य तालिम केन्द्र तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गरेका थिए।

अहमद् २४ माघमा नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्