अख्तियारकाे तथ्यांकः भ्रष्टाचारमा प्राविधिक कर्मचारी बढी संलग्‍न
कैलाली। सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी प्राविधिक कर्मचारी भ्रष्टाचारमा संलग्न रहेको तथ्यांकले देखाएकाे छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं स्थापना दिवसको अवसरमा आयोगको कार्यालय कञ्चनपुरले सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार २१ स्ट्रिङ अप्रेसनबाट ३५ जना कर्मचारी घुससहित पक्राउ परेका छन्। ती मध्ये १४ जना प्राविधिक कर्मचारी रहेकाे अख्तियारले जनाएकाे छ।

याे पाँच वर्ष अवधिकाे तथ्यांक हाे। आयोगको कञ्चनपुर कार्यालयले, कार्यालय सहयोगीदेखि उप-सचिवसम्मका कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको तथ्यांकले सार्वजनिक गरेकाे छ।

आर्थिक वर्ष २०७२/०७३ देखि चालू आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्ममा तीन करोड ६३ लाख रूपैयाँ समेत बरामद् गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए।

उनका अनुसार विकास निर्माणका काममा प्राविधिक कर्मचारीको सहभागिता बढी हुने र सेवाग्राहीले घुस नदिँदासम्म अनेक बहानामा काम रोकिने प्रवृत्तिका कारण घुस लेनदेन बढी हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्