तेस्रो स्थानमा उक्लियो थ्री स्टार

काठमाडौं। वैकल्पिक खेलाडी दीपेश घलेको गोलमा थ्री स्टार क्लबले आज न्यूरोड टीम (एनआरटी) लाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

दीपेशले मैदान छिरेको पाँच मिनेट नबित्दै दर्शनीय गोल गरेका थिए। दीपेश ७३औं मिनेटमा सुशील राईको स्थानमा मैदान छिरेका थिए।

१८ यार्डमा रहेका दीपेशले मिक्चेन तामाङको पासलाई नियन्त्रणमा लिँदै तीन विपक्षी रक्षकको बीचबाट हानेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्न सकेनन्।

जितसँगै थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ। ललितपुरे क्लब अब कम्तीमा पनि तीन घण्टा शीर्ष स्थानमा रहनेछ।

एक खेल कम खेलेर चौथो स्थानमा रहेको मनाङ मर्स्याङ्दीले अहिले नेपाल पुलिस क्लबविरुद्ध खेल्दैछ। मनाङले जिते थ्री स्टार पुनः चौथो स्थानमा झर्नेछ। मनाङ पराजित भए थ्री स्टारको तेस्रो स्थान यथावत् रहनेछ।

एनआरटी भने सातौं स्थानमा छ। एनआरटीको १५ अंक छ। च्यासल युथ र संकटाको समान १५ अंक भए पनि गोलअन्तरमा एनआरटी सातौं स्थानमा रहेको हो। थ्री स्टारले अन्तिम खेल च्यासल युथ क्लबविरुद्ध खेल्नेछ भने एनआरटीले हिमालयन शेर्पा क्बलविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्