‘कभी ईद कभी दिवाली’मा सलमानको जोडी पूजा

काठमाडाैं। अभिनेता सलमान खानको नयाँ चलचित्र ‘कभी ईद कभी दिवाली’ मा पूजा हेगडे अभिनेत्रीको रूपमा देखिने भएकी छन्।

चलचित्र घोषणा भएपछि अनिभेत्री काे हुने भन्ने चौतर्फी चासोको विषय बनेको थियो। अन्ततः सलमानसँग पूजाले अभिनय गर्ने भएकी हुन्।

‘हाउसफुल ४’ मा अक्षय कुमार र ‘मोहेन्जो दडो’ मा ऋतिक रोशनको अपोजिटमा काम गरेकी थिइन्। चलचित्रका निर्माता साजिद नाडियावालाले यसमा समावेश गरिएको कथाका लागि पूजा उपयुक्त देखिने भएकाले अनुबन्धित गरिएको बताए।

‘कभी ईद कभी दिवाली’ एक फेमिली ड्रामा चलचित्र हो। फिल्ममेकर्स सलमान र पूजाबीच आइस ब्रेकिङका लागि वर्कसप गरिरहेका छन्।

चलचत्रिमा अभिनेत्री पूजा सलमानकी प्रेमीकाको भूमिकामा देखिनेछिन्। पूजाले साउथमा ‘मुकुन्द’ जस्ता फिल्ममा स्मल टाउन गर्लको भूमिका निभाएकी छन्।

‘कभी ईद कभी दिवाली’ लाई ‘हाउसफुल ४’ को समेत निर्देशन गरिसकेका फरहद सामजीले निर्देशन गर्दैछन्। उनी अहिले अभिनेता अक्षय कुमारसँग चलचित्र ‘बच्चन पाण्डे’ को निर्देशनमा व्यस्त छन्। फिल्म २०२१ को इदमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्