काठमाडौं। अकिब इलियासले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो तथा कप्तान जीशन मकसूदले पहिलो शतक बनाएको दिन आज ओमानले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाका कप्तान सौरभ नेत्रभाल्करले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७६ रन बनायो।
नेपालमा जारी त्रिदेशीय श्रृङ्खलामा पहिलो जितको खोजीमा रहेको अमेरिकाले बलिङमा राम्रो शुरूआत गरेको थियो।
रुस्टी थेरोनले खवार अलीलाई तथा नेत्रभाल्करले जतिन्दर सिंहलाई पवेलियनको बाटो देखाए। १०.५ ओभरमा ओमान ३१ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो।
त्यसपछि भने इलियास र मकसूदले ओमानको इनिङ उकासे। दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि २१६ रनको साझेदारी गरे। इलियासले १२३ बलमा ११ चौका र एक छक्कासहित १०५ रन जोडे। उनको यो लगातार दोस्रो शतक हो। यसअघि उनले नेपालविरुद्ध पनि शतक बनाएका थिए। नेपालविरुद्ध इलियासले अविजित १०९ रन बनाएपछि ओमान ८ विकेटले विजयी भएको थियो।
नेपालविरुद्ध अविजित ६८ रन बनाएका मकसूदले पनि अमेरिकाविरुद्ध शतक बनाए। उनले १०९ बलमा दश चौका र चार छक्कासहित १०९ रन बनाए।
तेस्रो विकेटका रूपमा मकसूद आउट हुँदा ओमान २४७–३ को स्थितिमा थियो। नशीम खुशी पाँच रन बनाएर आउट भए। इलियास आउँट हुँदा ओमान २५८–५ को स्थितिमा थियो। नेपाली मुलका सुरज कुमार तीन रनमा पवेलियन फर्किए। सन्दीप गोउद १३ रनमा अविजित रहे भने मोहम्मद नादीम २ रनमा अविजित रहे।
अमेरिकाका थेरोन र नेत्रभाल्करले समान तीन विकेट लिए। थेरोनले ६० रन दिए भने नेत्रभाल्करले ३७ रन दिए।
" /> काठमाडौं। अकिब इलियासले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो तथा कप्तान जीशन मकसूदले पहिलो शतक बनाएको दिन आज ओमानले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ।नेपालमा जारी त्रिदेशीय श्रृङ्खलामा पहिलो जितको खोजीमा रहेको अमेरिकाले बलिङमा राम्रो शुरूआत गरेको थियो।

">