काठमाडौं। त्रिभुवन आर्मी क्बलले आज ब्रिगेड ब्वाइजमाथि ३–० नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। जितसँगै त्रिभुवन आर्मी पहिलो पटक उपाधि नजिक पुगेको छ। लिगको उपाधि उचाल्न त्रिभुवन आर्मीलाई अन्तिम खेल बराबरी पर्याप्त हुनेछ।
लिगमा एक खेलमात्र बाँकी रहँदा त्रिभुवन आर्मीले २९ अंक जोडेको छ। जुन दोस्रो स्थानको मछिन्द्र क्बलभन्दा एक अंकले मात्र बढी हो। त्रिभुवन आर्मीले अन्तिम खेल मछिन्द्रसँग नै खेल्नेछ। साविक विजेता मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा छ। २२ अंक जोडेको मनाङले आज नेपाल पुलिस क्लबविरुद्ध खेल्दैछ। मनाङले अन्तिम खेल जावलाखेलविरुद्ध खेल्नेछ।
आजको जितसँगै त्रिभुवन आर्मीलाई उपाधि जित्न जितका लागि बराबरी काफी हुनेछ। त्रिभुवन आर्मीले बराबरी खेले पनि मछिन्द्रलाई एक अंकले पछि पार्दै उपाधि जित्ने छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा त्रिभुवन आर्मीले पाँचौं मिनेटमै कप्तान भरत खवासको गोलबाट अग्रता लिएको थियो। ब्रिगेड ब्वाइजका गोलकिपर विशाल सुनारको ‘मिसपास’को फाइदा लिँदै जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई भरतले हेडमार्फत पोष्टको दिशा दिएका थिए।
यससँगै भरतको लिगमा ५० गोल पुरा भएको छ। भरत लिगमा ५० गोल पुरा गर्ने सातौं खेलाडी बने। यसअघि सुरेन्द्र तामाङ, बसन्त थापा, रमेश बुढाथोकी, गणेश लावती र अनिल गुरुङले ५० गोल पुरा गरिसकेका छन्। सन्तोष साहुखलले १०० गोलको कोशेढुंगा पार गरिसकेका छन्।
रक्षक विकाश तामाङले त्रिभुवन आर्मीको अग्रता दोब्बर बनाए। उनले ५४औं मिनेटमा सन्तोष तामाङले वायाँ कर्नरबाट गरेको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। खेल सकिन २० मिनेट बाँकी रहँदा टेकबहादुर बुढाथोकीले अर्को गोल थप्दै त्रिभुवन आर्मीलाई तीन अंक दिलाए। सन्तोषले हानेको प्रहार ब्रिगेडका गोलकिपरले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा प्राप्त बलमा टेकबहादुरले गोल गरेका हुन्।
हारपछि ब्रिगेड ब्वाइज आठ अंकका साथ पुछारबाट तेस्रो स्थानमा यथावत छ। ब्रिगेड ब्वाइजको यो आठौं हार हो। ब्रिगेड ब्वाइजले दुई खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ। लिगमा एक खेलमात्र बाँकी रहँदा चार अंक जोडेको सरस्वती युथ क्लब रेलिगेशनमा परिसकेको छ।
आजै एन्फा मुख्यालयमै थ्री स्टारले न्युरोड टीम (एनआरटी)विरुद्ध खेल्नेछ। अर्को खेलमा मनाङले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।