दिल्ली विधान सभा मतगणना : आम आदमीले लियो अग्रता
काठमाण्डौं। विधानसभाको लागि भारतको नयाँ दिल्लीमा भएको चुनावको मतगणना आज बिहानबाट शुरु भएको छ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहिलेसम्मको मतगणनामा अरविन्द केजरीवालले नेतृत्वको आम आदमी पार्टीले अग्रता लिएको छ।

शुरूआती मतगणना चलिरहँदा कुल ७० सिटमध्ये आम आदमी पार्टीले ५४ सिटमा अग्रता लिइरहेको छ।

भाजपा १५ सिटमा अघि देखिएको छ।

दिल्लीमा अहिले आम आदमीको सरकार छ।

गएको विधानसभा चुनावमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो। भाजपा भने तीन सिटमा सीमित थियो।

आज अबेरसम्म सबै नतिजा आउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्