तनहुँ। तनहुँको भानु नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी र वडा नम्बर १३ का सदस्य कृष्णबहादुर अधिकारी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले उनीहरूलाई ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।
वडासदस्य अधिकारीमार्फत ती इन्जिनियरले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस/कार्यसम्पन्न प्रतिवेदन बनाइदिने बहानामा घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए। रासस
" /> तनहुँ। तनहुँको भानु नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी र वडा नम्बर १३ का सदस्य कृष्णबहादुर अधिकारी घुससहित पक्राउ परेका छन्।

">