अमेरिकाविरुद्ध ओमानले पहिले ब्याटिङ गर्ने
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ को नेपालमा जारी त्रिदेशीय शृंखलामा आज ओमानले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाका कप्तान सौरभ नेत्रभाल्करले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

जारी एकदिवसीय शृंखलामा अमेरिकाको यो तेस्रो खेल हो।

यसअघि अमेरिका ओमानसँग ६ विकेटले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो।

ओमानले भने नेपाललाई पहिलो खेलमा १८ रनले हराएको थियो भने दोस्रो खेल आठ विकेटले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्