भरुवा बन्दुकसहित डाेल्पामा एकजना पक्राउ <p>डाेल्पा। डोल्पाको ठूलोभेरी नगरपालिका-२, लोचा जंगलबाट लाेड गरिएकाे भरूवा बन्दुकसहित आज एकजना पक्राउ परेका छन्।</p> <p>सशस्त्र प्रहरीकाे टाेलीले ठूलोभेरी-४, पिप्लाका २७ वर्षीय खड्क रोकायालाई पक्राउ गरेकाे हाे।</p> <p>उनकाे साथबाट भरूवा बन्दुकसहित ३५० ग्राम बारूद, १९ वटा सिसाकाे छर्रा, ९ वटा केप र एक थान चक्कु बरामद् गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ।</p> <p>राेकायालाई जिल्ला प्रहरी कार्यालय डाेल्पामा बुझाइएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्