गृहमन्त्रीका भाइ नरेशलाई पुर्पक्षका लागि थुनामा राख्‍न आदेश
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

२३ माघमा मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले नरेशलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

आपराधिक गिरोहसँग मिलेर व्यवसायीलाई धम्क्याउँदै रकम असुल गरेको अभियोगमा प्रहरीले नरेशलगायतका ६ जनालाई पक्राउ गरी ‘आपराधिक लाभ र संगठित अपराध’मा मुद्दा चलाइएको थियो।

१ असोजमा काठमाडौं जिल्ला अदालतले एक लाख रूपैयाँ धरौटीमा नरेशलाई छाड्न आदेश दिएको थियो। तर, सोही मुद्दाका अन्य पाँच जनालाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्